अक्सिजन सहितका गोताखोरद्वारा बेपत्ताको खोजी

सेयर गर्नुहोस्
566Shares

ई–साझाकुरा, असोज ८

गण्डक क्षेत्रवाट झिकाइएका अक्सिजन मास्क सहितका गोताखोरद्वारा कोइली नदीमा २ दिनदेखि बेपत्ता १ को खोजी  जारी रहेको छ । विधुत वितरण केन्द्र जीतपुरका प्रमुख कृष्ण पौडेल सवार गाडी वाढीले वगाएपछि  २ जनाको शव फेला परेपनि पौडेलको अझै सम्म पत्ता लागेको  छैन ।

गोताखोर टोलीले कजवेय नजिकका नदीले भूमरी काट्ने स्थानहरुवाट खोजी शुरु गरेको छ । नदीको खोचमा भित्र  शव अडकेको अवस्थामा हुन सक्ने अनुमानका साथ अक्सिजन मास्क सहितका गोताखोर परिचालित भएको बाणगंगाका उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो । टोलीलाई नगरले आवश्यक परेको भौतिक सहयोग उपलब्ध गराएको उपमेयर अर्यालको भनाइछ ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।