पाल्पाको फोक्सिङकोटमा एकाविहानै पहिरो : ३ घर पुरिए, ६ जना बेपत्ता

ई–साझाकुरा, असोज ८

पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले तीन घर पुरिएकाे छ । बिहीबार बिहान गएकाे पहिराेमा परी ६ जना बेपत्ता भएका छन् ।

बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको पहिरोले दुई घर र फोक्सिङ्कोटकै सुरुमडाँडा एक घर पुरिएकाे छ । बेलौजा स्वास्थ्य चौकी नजिकै पहिराेले हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएकाे छ । वडाध्यक्ष उमानसिंह सारुका अनुसार उक्त पहिराेमा हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएका छन् ।

परी मनबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोगाउन सफल भएका छन् त्यस्तै फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयाे ।

प्रतिक्रिया