आईपीएल क्रिकेट : राजस्थान १६ रनले विजयी

सेयर गर्नुहोस्
18Shares

असोज ७, काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग ९आईपीएल०मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो । राजस्थानका लागि सन्जु सेमसनले ७४ रनले बनाएका छन् । यस्तै स्टेभेन स्मीथले ६९ र जोफार आर्चरले २७ रन बनाए । चेन्नईका लागि साम कुरानले तीन विकेट लिए भने दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले समान एक(एक विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट खोलाले बगाउँदा किशोरीको ज्यान गयो ।
अगिल्लो पोस्ट रोकिराखेको पल्सर एनएस २०० मा एक्कासी आगो लाग्यो ,