लमजुङमा चट्याङले एकजनाको ज्यान गयो

सेयर गर्नुहोस्
61Shares

असोज ६, लमजुङ ।
बेसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्ते विकको चट्याङ लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गंडाबहादुर थापाका अनुसार विक सोमबार साँढे ५ बजे चट्याङ लागेर घाइते भएका थिए। उनको लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
पुमागाउँकै २२ वर्षीया चिजा गुरुङ पनि चट्याङ लागेर घाइते भएकी छन्। उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट गुल्मीको हस्तिचौरमा पहिरो : एकको मृत्यु ,एक जना बेपत्ता
अगिल्लो पोस्ट वाणगंगा नगरपािलकामा थप १३ मा कोरोना संक्रमित