ईप्रका पिपराबाट इन्सपेक्टर जोशीको सरुवा

सेयर गर्नुहोस्
188Shares

असोज ६ कपिलवस्तु
कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपरामा कार्यरत प्रहरी निरिक्षक (इन्सपेक्टर) आयुष प्रसाद जोशीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरबाट गरेको ४८८ ईन्स्पेक्टरहरु मध्ये जोशीको पनि सरुवा भएको हो । उनलाई महानगरिय अपराध महाशाखा टेकु काठमाडौमा तानिएको छ । यस्तै पिपरामा महानगरिय प्रहरी वृत्त गौशालाबाट दिनेश गुरुङ पिपरामा सरुवा हुनुभएको छ ।
यसैबिच ईलाका प्रहरी कार्यालय पकडी, ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडा, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत ईन्स्पेक्टरहरु पनि सरुवा सूचीमा परेका छन् ।

उता यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो ।सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् ।

इलाका प्रहरी कार्यालय रसुवामा केदार बस्नेत, वडा प्रहरी कार्यालय नेपालगञ्जमा डिल्लीबहादुर खड्का, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा विकास थापालाई प्रहरी प्रधान कार्यालयले पठाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट राष्ट्रसंघलाई सशक्त, निष्पक्ष र विधिमा आधारित निकाय बनाउनुपर्छ : प्रधानमन्त्री ओली
अगिल्लो पोस्ट गुल्मीको हस्तिचौरमा पहिरो : एकको मृत्यु ,एक जना बेपत्ता