गजल

सेयर गर्नुहोस्
248Shares

घनश्याम पराजुली लेख्नुहुन्छ ः

सत्ताको गुलाम गर्नेलाई जनताको हाल नसोध्नु
अधिकार लिलाम गर्नेलाई जनताको ढाल नसोध्नु

यहाँ यस्तै छ छोटेहरुको चैन
कानुनको क नजान्नेहरुलाइ संबिधान र ऐन नसोध्नु

उठ्ने छन् बिस्तारै सारा जनतालाई अब भत्ता नसोध्नु
कति बने जनता मुर्ख फेरि कस्तो मुर्ख नसोध्नु

सत्ताको उन्मातले बेहोस भएर फेरि जनतालाई भर्याङ नसोध्नु
सत्ताक‍ो कर्मले नियति भोगाएपछि विगत र कुकृत्य नसोध्नु

बलवान् डाइनोसर, लेन्डुपदोर्जे झै इतिहास सम्झेर वर्तमान नसोध्नु
पश्चतापले पिरोलिएर विरक्त भै फेरि मलाई आफ्नो कथा नसोध्नु

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आईपीएल२०२० ः बैंगलोरको विजय सुरुवात
अगिल्लो पोस्ट राष्ट्रसंघलाई सशक्त, निष्पक्ष र विधिमा आधारित निकाय बनाउनुपर्छ : प्रधानमन्त्री ओली