फुड बैंक कपिलवस्तु को टीमको अर्को उत्कृष्ट काम सरसफाई अभियान

सेयर गर्नुहोस्
48Shares

नवराज बेल्वासे, असोज ४

कोरोना कहरका बिचमा केही दिन अघि मात्र जिल्लाभर नै अभियानको रूप मा सम्पन्न फुड बैंक सञ्चालन गरी करिब ८०० विपन्न परिवार लाई खाद्यान्न सामग्री वितरण गरेको टीम ले आहिले वाणगंगा नगर सरसफाइ अभियान सुरु गरेको छ।

असोज ३ गते संविधान दिवस को अवसर पारेर हप्ता को हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने, हप्तामा २ घण्टा राष्ट्रको लागि भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै फुड बैंक को टीम अहिले सरसफाइ अभियान मा लागिपरेको छ। यद्यपि यो औपचारिक नभए पनि यसलाई एउटा सुरुवात को रूप मा लिन सकिने र अर्को शनिबार असोज १० गते बाट यसलाई औपचारिक रूपमा सुरु गरेर हप्ता को प्रत्येक शनिबार बिहान ७ देखि ९ बजे सम्म सञ्चालन हुने गरी अभियान लाई लैजाने र जहाँ नगरपालिका र स्थानीय निकाय पुगेको छैन त्यहाँ हामी पुग्छौ भन्ने कुरा युवाहरु बताउँछन्।

शनिबार सम्पन्न कार्यक्रम मा विवेक पौडेल, विशाल अधिकारी ,सुनिता बेल्वासे,मधुसुधन भुसाल, सरोज घिमिरे , निरज भुसाल , सागर बन्जाडे, प्रबिण गौतम, शृजना, माधव अर्याल , पवित्रा भुसाल , भीम पौडेल को सहभागिता रहेको थियो।।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तुको डुमरामा सवारी दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
अगिल्लो पोस्ट विपन्न असाय र अशक्तको घर दैलोमा बुद्द्भुमिका रविन्द्र प्रताप मल्ल