कपिलवस्तुको डुमरामा सवारी दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

सेयर गर्नुहोस्
8Shares

शुशिल गैरे, असोज ४

बुद्धभूमि नगरपालिकामा आइतबार राती ८ बजे तिर भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत वडा नम्बर ९ इमिलिया–डुमरामा भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँका अन्दाजी ५० बर्षीया रामधनी थारु रहेका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको लु १ च ५४४८ नं। को बोलेरो जीपले विपरित दिशाबाट आउँदै गरेको लु १० प ५९२४ नं। को मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो ।
सडकमा घाँस बोकेको साइकललाई जागाउन खोज्दा मोटरसाइकललाई जीपले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
घटनाको थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अगिल्लो पोस्ट फुड बैंक कपिलवस्तु को टीमको अर्को उत्कृष्ट काम सरसफाई अभियान