संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइयो

सेयर गर्नुहोस्
2Shares

असोज ४, यूएई
संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो भवनमा दोस्रो पटक नेपाली झण्डा फहराइएको हो ।

नेपाली दूतावासको प्रयासपछि यूएई सरकार, बुर्ज खालिफा व्यवस्थापन तथा इमार होल्डिङ कम्पनीले दोस्रो पटक ३५ सेकेन्डका लागि नेपाली झन्डा फहराएको हो । यूएई सरकारले गएको वर्ष पनि बुर्ज खालिफामा नेपाली झण्डा फहराउन दिएको थियो ।

त्यस्तै आबुधाबीमा रहेको नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालयको भवनमा पनि नेपाली झण्डा फहराइएको छ । यो भवन आबुधाबीको अग्लो भवनमध्ये दोस्रो अग्लो भवन हो । संसारकै अग्लो भवन बुर्ज खालिफा र आबुधाबी नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालय भएको भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराउने गरिन्छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आफन्तबाटै अपराध, चिनेजानेकाहरु कै संलग्नता
अगिल्लो पोस्ट कपिलवस्तका विद्यार्थी सङ्गठनहरूकाे सम्युक्त माग, शैक्षिक सत्र खेर नफालाै ।