संविधान दिवस : बुद्धभुमिमा फरक क्षमता भएका वालवालिकालाई सामग्री वितरण

सेयर गर्नुहोस्
196Shares

असोज ३ कपिलवस्तु
संविधान दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले फरक क्षमता भएका बालबालिकालाई सामग्री वितरण गरेको छ । विभिन्न विद्यालयमा अध्ययन गर्ने फरक क्षमता भएका ९ जना बालबालिकालाई नगरपालिकाले बस्तुगत सामग्री वितरण गरेको हो ।

दुई जना अर्घाखाँचीका सहित अन्य कपिलवस्तुका वालवालिकाहरुलाई सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

सोही कार्यक्रमका बिचमा स्थानीय राजपत्र ७ औं खण्ड पनि सार्वजनिकी गरिएको छ । संविधानले दिएका अधिकारको सही कार्यान्वयनमा गर्दै स्थानिय नागरिकहरुलाई अधिकार प्रदान गर्नमा नगरकार्यपालिका पूर्ण प्रतिबद्ध रहेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।

नेपालको संविधानले स्थानिय तहलाई दिएका अधिकारको समुचित प्रयोग गर्दे कानुन निर्माण तथा त्यसको सहि र वस्तुगत कार्यान्वयनमा सबैको साझा सहभागिता सहित समझदारीपूर्ण वातावरण तय गरिएको पनि उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर अध्यक्ष पिताम्बर खनाल, नेपाली कांग्रेसका नगर नेता हिमलाल न्यौपाने, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य विष्णुहरि शर्माले लगाएतले संविधानको सफल कार्यान्वयन सँगै सबैको अधिकार समस्टिगत गर्ने कुरामा जोेड दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति माधव दमासे, राप्रपाका नगर नेता अर्थ बहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका नगर प्रतिनिधि माधव पौडेल लगायतले बोल्दै संविधानको कार्यान्वयन पक्षलाई नै जोड दिनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बार्यन म्युनिखले गर्‍यो गोलको बर्षा, एफसी शाल्के निराश
अगिल्लो पोस्ट संविधान दिवसमा अनेरास्ववियु नगरकमिटी र राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न