बार्यन म्युनिखले गर्‍यो गोलको बर्षा, एफसी शाल्के निराश

सेयर गर्नुहोस्
1Shares

आश्विन ३ काठमाडौं ।
जर्मन बुण्डेस लिग फुटबलको नयाँ सिजनमा च्याम्पियन बार्यन म्युनिखले प्रभावशाली जित निकालेको छ ।गएराति भएको लिगको पहिल खेलमा बार्यन म्युनिखले एफसी शाल्केलाई ८–० ले पराजित गरेको छ ।

पहिलो हाफमा तीन गोल गरेको बार्यनले दोस्रो हाफमा थप पाँच गोल गरेको हो । म्युनिखको जितमा सर्ज ग्नाब्रीले ह्याट्रिक पूरा गरका छन । यस्तै १९ औँ मिनेटमा लियोन गोरेट्ज्काले र ३१ औँ मिनेटमा पेनाल्टी मार्फत रोर्बट लेवान्डोस्कीले गोल गरेका हुन ।

यस्तै, ६९ औँ मिनेटमा थोमस मुलर, ७१ औँ मिनेटमा लिरोय साने र ८१ औँ मिनेटमा जमाल मुसिएलाले गोल गरेसंगै शाल्के फराकिलो गोल अन्तरले पराजित हुन पुग्यो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट एभर्टनको सहज जित : कलभर्टको हयाट्रिक
अगिल्लो पोस्ट संविधान दिवस : बुद्धभुमिमा फरक क्षमता भएका वालवालिकालाई सामग्री वितरण