नेकपाको अवसानका आधारहरु

सेयर गर्नुहोस्
978Shares

– नारायण खनाल
विषय प्रवेश :
कुनैपनि वस्तुको जन्म र मृत्यु,विकास र विनास कुनै बाह्यि कारणले होइन, आन्तरिक कारण का कारणले नै निर्धारण हुने गर्दछन् । – कार्ल माक्र्स
नेपालमा सात दशक लामो कम्युनिष्ट आन्दोलनको इतिहासमा कम्युनिष्ट पाटीेको नेतृत्वमा पहिलो पटक बहुमतको सरकार बनेको थियो र छ । (नेकपा) लाई यसरी अप्रत्याशित र अश्चर्यजनक नतिजा नेपाली जनताले दिनुका पछाडी मुलतः दुई वटा कारणहारुले काम गरको थियो । पहिलो, नेकपाले आफ्नो स्थापना, संघर्ष र विस्तारको यस सात दशक लामो ईतिहासमा आफुलाई क्रान्तिकारी, सर्वहरावादी, जनवादी, समाजवादी, साम्वादी, गरिबवादी बताउँदै आएको थियो । दोस्रो, यसले त्यस प्रकारको नारा दिँदै आएको भएता पनि वितेको सात दशकदेखि कैँयौ टुक्रामा विभजित रहँदै आएका कम्युनिष्ट पार्टीहरु एक भई नेपाली जनताले वामपन्थीहरुको बिचमा एकताको अपेक्षा गरेका थिए र गत निर्वाचनमा तात्किालिन नेकपा एमाले र मओवादी केन्द्रबिचमा एकता भई संयुक्त निर्वाचनमा भाग लिएका थिए । उनीहरुले नेपालमा राजनैतिक स्थायीत्व,शुसासन र आर्थिक संमृद्धि दिने कुरा गरेका थिए । लामो र ज्यादै कडा प्रकारको राजनैतिक अस्थिरताबाट गुज्रिएका नेपाली जनताले वाक्क दिक्क भएर नेकपाको पक्षमा मतदान गरेर माथि पहिला नै भनियो नकपाका निम्ति अप्रत्याशित र आश्चर्यजनक नतिजा उपलब्ध गराएका थिए । यसरी हेर्दा देशमा बहुमत र समयको समेत सुविधाजनक सरकार बनिसकेपछि नेपाली जनतामा केही भईहाल्छ की भनेर आशा जागृत हुनु स्वभाविक थियो ।
तर सरकारको कार्यकालको ढाई वर्ष पुग्दा नपुग्दै नेकपा र यसको नेतृत्वमा बनेको सरकार वास्तवमा नै ईतिहासकै सर्वाधिक बदनाम, अयोग्य, असक्षम र नालायक सावित भएर यसले यतिबेला नेपाली समाजमा क्रमश ः आफ्नो औचित्यता, आवस्यकता र प्रशंग गुमाउदै पार्टी नै विगठन र विसर्जनको संघारमा खडा भएको छ ।
यसरी नेकपा र यसको नेतृत्वमा बनेको सरकारको आजको यसप्रकारको दुरावस्थाका पछाडी नेकपाका दोस्रो वरियतामा रहेका नेताहरुले दावा गरे जस्तै त्यो पार्टी भित्र पार्टी संचालन विधि, पद्धति र प्रणाली हुँदै नभएर वा कमजोर भएर वा त्यसको मुख्य नेतृत्वले कार्यन्वयन नगरे कै कारणले यस्तो अवस्था आएको हो ? वा त्यो पार्टीले अहिले सम्म अंगाल्दै आएको उसको दर्शन, सिद्धान्त, राजनिति, संगठनात्मक संरचना, कार्यप्रणाली, कार्यविधि,कार्यशैली,वा जीवनव्यवहार र आचरण समेत जिम्मेवार रहेका छन ? यस प्रकारका समग्र तर अहम प्रश्नहरु माथि त्यो पार्टीका प्रथम र दोस्रो श्रेणीका नेताहरु र स्वयम त्यो पार्टीको केन्द्रिय समिति र त्यस मातहतका कुनैपनि निकायहरुमा यी यावत विषयहरुमाथि छलफल वा विमर्श वा बहस भएको पाईदैन । त्यहाँ यतिबेला सिर्फ प्रथम र दोस्रो श्रेणीका नेताहरुले जोड दिइरहेको कुरा के हो भने विधि, पद्धति र प्रणालीमा पार्टी चलेन ! यो कुरा आशिंक रुपमा सहि छ । कम्युनिस्टहरूका गुरु कार्लमाक्सले अत्यन्तै जोड दिएर भन्ने गरेका रहेछन स्वामित्वको क्षेत्रमा निजी स्वामित्व र संङ्गठनात्मक क्षेत्रमा ब्याक्तिबाद ती दुबै कुराहरु समग्रमा सामन्ती समाजका उपज हुन र यी दुबै कुरा हरु समाजको अग्रगामी रुपान्तरण का आधारभुत शत्रुहरु हुन । माक्सले आफ्नो जमानामा प्रतिपादन गरेको निजी स्बामित्बको सिद्धान्त अनुसार स्वामित्वको क्षेत्रमा निजी स्वामित्वको अन्त्य गरि सामुहिक स्वामित्वको विकास गर्दै समाजवादमा पुग्ने । संगठनात्मक क्षेत्रमा रहेको ब्याक्तिवादको अन्त्य गरि सामुहिक निर्णय र ब्याक्तिगत जिम्मेवारीको सिद्धान्त लाई स्थापित गर्दै समाजबादमा पुग्नु नै माक्सबादको सारतत्व थियोे । शक्ति ,पद र रुपैयाँको मिलनले मानिसलाई स्वेच्छाचारी बनाउछ । एउटा स्वेच्छाचारीले शत्ता प्राप्त गरे पछि त्यो निरकुंस हुन्छ । निरकुंस शाषकको विकास एउटा क्रुर अपराधी मा बदलिन्छ । एउटा अपराधी लामो समय सम्म शत्तामा रहनका निम्ति जुनसुकै विधि, पद्धति र प्रणालीहरु भङ्ग गर्दै अगाडि बढछ र त्यसको पतन फाशिबादमा गएर समाप्त हुन्छ । नेकपा यतिबेला त्यही दिशामा बेग मारिरहेको छ । किनकि कुनै पनि दलमा आबद्ध हुनु भनेको विधि, पद्धति र प्रणाली नियमन हुनु पनि हो । मानिसहरु समाजको सबैभन्दा सचेत र बिबेक सहितको प्राणी भएको हुनाले उसले विधि , पद्धति र प्रणालीमा बिश्बास गर्दछ र त्यसको मातहत रहेर स्वतन्त्राको उपभोग गर्दछ । तर नेकपा यस्तो दल हो जस्ले विधि, पद्धति र प्रणाली त बनाउछ तर , त्यसको पालना आफै कहिल्यै गर्दैन । समाजको बिकास मा प्रणाली बिनाको बस्तुको अस्तित्वको कल्पना पनि गर्न सकिन्न । यसर्थ ः ढिलो र चाडो यसको सर्बनास लाई दुनियाँ को कुनै ताकत ले रोक्न र छेक्न सक्दैन ।
मुख्य कुरा त्यो पार्टीले अहिले सम्म अंगाल्दै आएको दर्शन, सिद्धान्त, राजनिति, सगठनात्मक संरचना र कार्यप्रणाली र कार्यशैलीमा रहेको अन्तरविरोधको परिणाम स्वरुप ः त्यसको असर देशको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, संवैधानिक आयोगहरु, विदेश स्थित कुटनितिक नियोगहरु, शिक्षा, स्वास्थ्य, रोजगार, परराष्ट्र सम्बन्ध, राष्ट्रिय गौरवको विकास, निति निर्माणको क्षेत्र, भ्रष्ट्राचार निवारणका अलावा आम जनजीवनमा परको छ ।
सरकारले गरेका कामहरु सन्तोषजनक नरहेकै कारणले गर्दा आम नेपाली नागरिकमा ठूलो पैमानामा निराशा छाएको छ । त्यही कारण हो की आज खाली प्रश्नहरु त्यो पार्टीभित्र मात्र सिमित छैनन्,आम जनताको स्तरमा समेत व्यापक फैलावटका साथ प्रकट भईरहेका छन् । नेकपा भित्र र बाहिर त्यसरी उठीरहेका प्रश्नहरुको छानविन गरेर वैज्ञानिक, व्यवहारिक र वस्तुवादी ढङ्गले पार्टी भित्र र बाहिर जवाफ दिने तत्परता मूल नेतृत्वले गरिरहेको देखिएको छैन । बरु आफै भित्रका अन्र्तनिहित कमजोरीहरुलाई ढाकछोप गर्ने, पार्टी भित्रका गुटहरुलाई बलियो बनाउन, पार्टी भित्र र बाहिर कसरी विभाजन ल्याउने, सत्ताको आयु कसरी लम्ब्याउने, पार्टीको अल्पमत पक्षले बहुमत पक्षसँग कसरी बार्गेनिङ गर्ने र राजपाठमा उपस्थिति जनाउने, देशको साधनस्रोतहरु कसरी कब्जा गर्ने र भावी निर्वाचनमा बलिायो हुने भन्ने जस्ता सवालहरुमा सम्पूर्ण स्रोत, समय र तागत खर्च गरीरहेको देखिएको छ ।
प्रस्तुत लेखमा आज हामी त्यो पार्टी सँग कुनै आग्रह वा पुर्वाग्रह, गुटगत संकिणता, बदला र प्रतिशोधको भावना नराखिकन त्यो पार्टी भित्रका सीमा समस्या तथा कमजोरीहरुको सवालमा स्वतन्त्र ढङ्गले मूल्याङ्कन गर्ने प्रयत्न गर्ने छौँ । तर सुरुमा एउटा कुरा भनिहाल्न उपयुक्त हुने छ कि प्रस्तुत लेखमा आज हामी यस अवधिमा देशमा घटेका तिन दर्जन बढि घटनाहरु, धर्म तथा राष्टियताका सवालमा त्यौ पार्टीका थता प्रधानमन्त्रीद्धारा प्रस्तुत भएका अभिव्यक्तिहरु, देशमा भएको चरम भ्रष्टाचार, वेथिति र विसंगति तथा कोभिड १९ का सवालमा समेत प्रवेश गर्ने छैनौ ।
सर्वप्रथम हामीले वर्तमान नेकपा र यसको नेतृत्वमा बनेको सरकारलाई ठीक सँग बुझ्नका निमित्त हामीले ईतिहासका केही अन्तराष्ट्रिय तथा राष्ट्रिय परिघटनाहरुलाई विस्तृत अध्ययन नगरिकन आजको नेकपा र यसको नेतृुत्वमा बनेको सरकारको मुल्याङ्कन गर्न र बुझ्न सक्ने छैनौ ।
१) अन्तराष्ट्रिय पृष्ठभूमि
सन् १८४८ मा कार्ल माक्र्स र फेडेरिक एङ्गेल्सले मिलेर विश्व कम्युनिष्ट पार्टीको घोषणा पत्र जारी गरे सँगै विश्वभरिमा सामाजिक जनवादी र सर्वहारा अधिनायकत्ववादी धाराको प्रतिनिधित्व गर्दै सामान्तवाद र पुँजीवादको विकल्प खडा गर्ने उद्धेश्य र अभिप्राय सहित पूर्वि युरोप देखि सोभियत संघ सम्म, चीन देखि उत्तर कोरीया सम्म, अफ्रिका देखि ल्याटिन अमेरिका सम्मका क्रान्तिकारीहरुले ज्यादै लामो तर कडा प्रकारको संघर्ष गरे । त्याग तपस्या र बलिदानको पराकाष्टामा पुगे । हजारौँ हजार प्रहरी दमन र जेलका चिसा सिडिहरु स्विकार गरे । आफ्नो सर्वस्वहरणका लागि तयार भए ।
यसरी विश्वका क्रान्तिकारी कम्युनिष्टहरुले दुनियाँका कुनैपनि मानिसहरुले देश र जनताका निम्ती एक थोपा पसिना बगाउन तयार नभएको बेलामा कडा परिश्रम गरेर आफ्नै बलवुतामा पार्टी, सेन निर्माण गर्दै विश्व नै थर्काउने गरी युद्धका ठुल्ठूला किर्तीमान कायम गर्ने र शत्ता कब्जा गर्न सक्ने, तर त्यसरी प्राप्त गरेका जनवादी र समाजवादी शत्ताहरु क्रान्तिको केही दशक नबित्दै सहज रुपमा अवसान हुने गरेको तितो अनुभव हामी सँग छ । वैचारीक दृष्टिकोणले भयानक संकटको सामाना गरेको बेला सोभियत युनियन रुसमा लेनिन पछिका दोस्रो बरियतामा रहेका नेता लियो ट्राटस्कि र तेस्रो वरियतामा रहेका नेता बुखारिन र लेनिन कि पत्नी क्रुप्शकायाले समाजवादको नयाँ मार्ग चित्र प्रस्तुत गरेका थिए । तर स्टालिन र उनको रेड गार्डलिनले त्यो कुरा बरदास गरेन र यी सबैलाई बन्दी बनाउँदै केन्द्रिय समितिका ९८ जना सदस्यहरुको हत्या गरेर पनि सन्तोष नमिलेपछि स्टालिनले पहिले देखि देश निकाला गरिएपछि मेक्सिकोमा शरण लिएर लुकेर बसेका लेनिन पछिका दोस्रो बरियता रहेका नेता लियो ट्राटस्किको बन्चरोले हानेर स्टालिनको रेडगार्डले विभत्स हत्या गरेको थियो भने हजारौँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यक्रताहरुलाई जेलका चिसा छिँडीमा कोचेर भोकभोकै मारिएको बिडम्बनापूर्ण ईतिहास राहुल सांस्कृताईन साहित्यमा छ्यापछ्याप्ति पढन पाइन्छ ।
यसरी प्रतिकुल परिस्थितिलाई चिरेर प्राप्त गरेका त्यस प्रकारका सत्ताहरु सन् १९९० को दशकमा आई नपुग्दै तासका महल झै गर्याल्याम गुर्लुम्मै ढले र कम्युनिष्ट पार्टीका विप्लवी नेता कार्यक्रताहरु भिखारी मगन्ते र सडकछाप बने । शोभियत युनियन रसिय १६ टुक्रामा विभाजित भयो । यसरी बितेको एक सय पचास वर्षको दौरानमा विश्व कम्युनिष्ट आन्दोलनेले स्थापित गरेका राज्यसत्ताहरु माथि पहिला पनि भनियो, पुर्वि युरोप देखि शोभियत संघ सम्म, चीन देखि उत्तर कोरीया सम्म, अफ्रिका देखि ल्याटिन अमेरिका सम्म सबैतिर असफल सावित भईसकेका थिए । यहाँ सम्म की कम्युनिष्टहरुको रक्षा र विकासका निम्ति गठन गरिएको अन्तराष्ट्रिय कमिटी ९ चभखयभिकलभचथ क्ष्लतभचलबतष्यलब िmयखझभलत चष्m ० क्रान्तिकारी अन्तराष्ट्रिय आन्दोलन रिम यतिबेला रक्षात्मक अवस्थामा छ ।
२) कम्युनिष्टहरुको एसियाली संगठन :
एसियाली स्तरमा रहेका कम्युनिष्ट पार्टीको रक्षा र विकासका निम्ति गठन भएको कम्पोसा जस्तो संगठनहरुले समेत बदलिएको अन्तराष्ट्रिय परिस्थितिको यथोचित मूल्याङ्कन गर्न नसक्दा समाजमा आफ्नो औचित्यता, प्रशंग र आवस्यकता समेत गुमाईसकेको थियो । सन् १९९२ मा क्भलमभचय ीगmष्लयकय ९ क्जष्लष्लन एबतज ० ले सन १९६० को दशमा पेरुमा स्थापित सशस्त्र वामपन्थी संगठन का नेता अविमाएल गुजम्यान ( गुञ्जालोको गिरफ्तारी पछि विश्वभरिका कम्युनिष्ट छापामार लडाईहरु पेरु र विश्वभरिका छापामार वा दिर्घकालिन जनयुद्धहरु रक्षात्मक अवस्थामा धकेलिए । एसिया महादिपमा रहेका कतिपय कम्युनिष्ट पार्टीहरुले संघर्षको राजनितिक रणनिति परिवर्तन गरी संसदिय व्यवस्थालाई उपयोग गर्ने निति अन्र्तगत संसदिय व्यवस्थामा भाग लिएको भएता पनि उनीहरुले आफ्नो पूर्व क्रान्तिकारी मौलिक पहिचान वरकरार राख्न सकेनन् र क्रमश ः आफ्नो रङ बदलेर संसदिय दलदलमै भासिएर समाप्त भए ।
उदाहरणका निम्ति भारतको पश्चिम बङगालमा विगत ३५ वर्ष देखि एकछत्र राज गर्दै आएको ज्योति बसु नेतृत्वको भाकपा लाई यतिबेला लाल्टिन बालेर खोज्नुपर्ने अवस्था छ । भारतको राजधानी नयाँ दिल्लीमा रहेका विभिन्न नामधारी दर्जनौँ कम्युनिष्ट पार्टीहरु मध्ये एकथरीले प्रत्यक स्थानिय, प्रदेश र संघिय निर्वाचनमा भाग लिने र जमानत जफत हुने प्रक्रिया दशकौँ देखि चलिरहेको छ । अर्काे थरीले प्रेसमिट, विचारगोष्ठि, सेमिनार, बेलाबेलामा बक्तव्यबाजी गरेर झुठो आत्मसन्तुष्टि लिने गरेको देखिन्छ र उनीहरु आज सिर्फ फेसबुकमा सिमित भएका छन । श्रीलङ्काको ब्लाक टाईगर्स, माल्दिभ्सको रिभुलेस्नरी नेश्नल रेडगार्ड, भने बर्माको रेड आर्मी आफसमै काटाकाट गरेर समाप्त भएका समाचार बेलाबेलामा आईरहन्छन् ।
३) लोकतान्त्रिक क्रान्तिको चरण
जतिबेला दुनियाका अधिकासं देशहरुले लोकतान्त्रिक क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्दै प्रथम र दोस्रो औधोगिक क्रान्ति पुरा गरिसकेका थिए त्यो बेला हामी नेपालमा सामान्यतया लोकतान्त्रिक क्रान्तिको चरण सन १९९७ बाट सुरु हुन्छ । सर्वप्रथम नेपाल प्रजा परिषदको नेतृत्वमा देशमा लोकतान्त्रिक हकअधिकारको निम्ति विधिवत सुरुवात भएको थियो । त्यसको ज्वलन्त उदाहरण हो, २००७ सालको जहानीया राणाशासन बिरोधी संघर्ष । तात्कालिकन कोडिनेसन केन्द्र (माले ) को नेतृत्वमा भएको २०२८ सालको झापाली सशस्त्र संघर्ष, २०३६ सालको जनमत संग्रहका लागि बहुदलिय व्यवस्थाका पक्षमा गरिएको संघर्ष, २०४६ सालको निरङ्कुश राजतन्त्रको अन्त्य र बहुदलिय व्यवस्थाको स्थापनाकोलागि गरिएको जनआन्दोलन, दश वर्षे माओवादी जनयुद्ध र त्यसको जग र आडमा भएको २०६२÷०६३ मा भएको संयुक्त जनक्रान्ति, मधेश बिद्रोह, थारुहट बिद्रोह, आदिवासी जनजाती बिद्रोहको उपज हो ः ढाईसय वर्ष पुरानो राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा । त्यसका निम्ति संविधानसभाबाट संविधान । यस ८० वर्षको अवधिलाई हामी लोकतान्त्रिक क्रान्तिको चरण वा युग मान्ने गरेका छौँ ।
४) लोकतान्त्रिक क्रान्तिका अन्तरवस्तु :
नेपालमा बितेको यस ८० वर्षको दौरानमा भए गरेका जनसंघर्ष, जनयुद्ध वा जनआन्दोलन शान्तिपूर्ण वा शसस्त्र यी सबैप्रकारका संघर्षहरुको अन्तरवस्तु वा अन्तरसम्बन्धका सवालमा २०४८ सालमा संयुक्त जनमोर्चा नेपालका संयोजक डा. बाबुराम भट्टराईद्धारा तयार गरी तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउबा समक्ष पेश गरिएको ४० शुत्रे माग÷मुद्धाहरुकै सेरोफेरोमा रहेर नेपालको ईतिहासमा गरिएको १० वर्र्षे जनयुद्ध एउटा नयाँ युगान्तकारी राजनितिक परिघटना रहेको थियो । मओवादी जनयुुद्ध वास्तवममा विचारधारात्मक धारमा एक महान अग्रगामी छलाङ, भौतिक रुपमा साम्रज्यवाद, विस्तारवाद तथा सामन्तवाद, दलदल तथा नोकरशाही पुँजीवाद र दक्षिणपन्थी संशोधनवाद माथि जोडदार हमला थियो ।त्यस प्रकारको जनमुक्ति अभियानमा आफ्नो प्राण आहुति दिने विर योद्धाहरु वास्तवमा उत्पिडित वर्गका गौरवशाली छोराछोरीहरु थिए । त्यसले समाजमा सयौँ वर्षदखि जरा गाडेर बसेको विभिन्न खाले प्रतिक्रियावादी मुल्यमान्यता र समस्याहरुलाई जरैदेखि काटेर एउटा नयाँ व्यवस्थाको निर्माण गर्नका लागि अगाडि बढेको थियो । त्यो जनयुद्धले नेपालको परम्परागत राजनितिको पुर्नसंरचना, परम्परागत अर्थतन्त्रको पुर्नसंरचना, परम्परागत समाजको अग्रगामी रुपान्त्रण, जातिय, क्षेत्रीय, लैङ्गिक, भाषिक, प्रादेशि, वर्गिय सबैखाले विभेदको अन्तयको प्रतिनियिधत्व गरेको थियो । त्यस प्रकारको युद्धको अवधिभर त्यो वेलाका संसदवादी राजनितिक दलहरु जसमा नेपाली कांग्रेस र नेकपा एमालेहरु आफ्नो वर्ग चरित्र÷ज्ञानको सिमा समस्याका कारण जनयुद्धमा विषवमन गरिरहे । त्रिकोणात्मक शक्ति सन्तुलनको चरणमा राजाले दमन गर्न थालेपछि ति दुवै शक्तिहरु तत्कालिन नेकपा माओवादीसँग १२ बुँदे समझदारी मार्फत संघिय लोकतान्त्रिक गणतन्त्रको डा. बाबुराम भट्टराईको राजनितिक कार्यदिशमा आएको भएता पनि ईतिहासको त्यो नयाँ मोडमा ति दुबै शक्तिहरु मनै देखि आएको नभई क्रान्तिको रापताप र ग्राउण्डको प्रेसरले, वस्तुगत परिस्थितिले पदै गरेको अनिर्वाय आवस्यकताका कारण लतारिएर, घिसारिएर आएका थिए भन्ने कुरा त्यस यताका उनीहरुको जीवन व्यवहार र आचारणबाट स्पष्ट हुन्छ ।
नेपालको प्रथम संविधानसभामा इतिहासमै सबैभन्दा बढी क्रान्तिकारीहरूको बर्चस्व र उपस्थिति रहेको थियो । त्यो संविधानसभामा कहिल्यै नाम नसुनिएका, चर्चामा नरहेका, हजारौं वर्ष अघि देखि शोषण दमन र सामाजिक भेदभावको सिकार भएका जाति, वर्ग र लिङहरुको प्रतिनिधत्व रहेको थियो । त्यो कुरा नेपाली कांग्रेस र नेकपा एमालेलाई मन परेको थिएन । ती दुवै शक्तिहरुले प्रथम संविधान सभा प्रति नै अरुचि प्रकट गरे, दोस्रो क्रान्तिकारी संविधान बनाउने कुरामा अनिच्छा प्रकट गरे, तेस्रो क्रान्तिकारीलाई समग्र प्रक्रियाहरुबाट बिचलित बनाउने प्रयत्न गरे, चौथो अन्त्यमा आएर समय कम भएको जिकिर प्रस्तुत गर्दै प्रथम संविधानसभा नै विघठन गराइएको थियो । त्यहीँबाट प्रतिगामी सोच, योजना, नेतृत्व र यात्रा सुरु भएको थियो ।
तत्कालीन माओवादीको मुल नेतृत्वमा रहेका चरम शत्ता महत्वकाक्षा , मनमा रहेको डर त्रास भय र आतङक अर्काेतिर शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै उसलाई राज्यसत्ताले सबै प्रकारको सुख सुविधा , भोग,विलास ,ऐसआराम र वैभवका स्रोत साधन उपलब्ध गराएर पथभ्रष्ट बनाउने प्रक्रिया अत्यन्तै मिहिन र योजनाबद्द ढङ्गले सुरु गरिएको थियोे । त्यसमा माओवादी समेत फस्दै गएको थियो । तत्कालीन जनमुक्ति सेना र नेपाली सेना बिचको समायोजन माओवादी अनुकुल र सम्मानजनक हुन सकेन । यदि सेना समायोजन सम्मानजनक भएको भए नेपाली सेनाको पुनर्संरचना र लोकतान्त्रीकरणको प्रक्रिया पूरा हुने थियो । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल माथि गरिने भनिएको कार्वाहीको प्रक्रिया बाट प्रचण्ड ब्याक हुनु प्रतिगमनको दोस्रो ठूलो धक्का थियो ।त्यसरी प्रचण्डलाई विफल गराउनुमा तत्कालिन नेकपा एमालेको प्रमुख भुमिका रहेको थियो ।
दोस्रो संविधानसभाको निर्वाचन जननिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा हुन नदिनु, त्यो संविधानसभाको निर्वाचनको प्रयोजनको निम्ति सर्वाेच्च अदालतका कायममुकायम न्याधिस खिलराज रेग्मीलाई अघि सारीनु,त्यौ संविधानसभाका सदस्यहरु अधिकासं प्रतिगामी तत्वहरूको वर्चस्व बढ्न पुग्नु, संविधान निर्माणका लागि जनताबाट संकलन गरिएका सुझाव रद्दीको टोकरीमा फ्याकिनु, अन्तरिम संविधानका अन्तरवस्तुहरूको (संघियता) को अस्तित्व नै समाप्त पार्नेगरी नयाँ संविधानको मस्यौदा तयार हुनु, अन्तिम समयमा आएर हतार हतार नयाँ संविधान जारी गरिनु प्रतिगमनको तेस्रो ठूलो धक्का थियो ।
६) आसेपासे पुँजीवादको संयुक्त मोर्चा :
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बिचको एकताको घोषणा, निर्वाचनमा संयुक्त सहभागिता, संयुक्त सरकारको गठन, वास्तवमा नेपाली क्रान्तिका उपलब्धिहरुको रक्षा, विकास,विस्तारका निम्ति नभएर ति दुबै पार्टीका मूल नेतृत्वको चरम शक्ता महत्वकांक्षा, व्यत्तिगत स्वार्थ , ति दुबै पार्टीभित्र रहेका गुटहरुको आन्तरिक व्यवस्थापन,उत्तर, दक्षिण र पश्चिमाहरुका आपसि अन्तरविरोधहरुको व्यवस्थापन, जनताको कम्युनिष्ट झण्डा प्रतिको भावनात्मक लगाव र तीन दशक लामो राजनितिक अस्थिरताबाट मुक्त हुने पवित्र चाहना र तत्कालिन समस्या समाधानार्थ प्रतिक्रान्तिकारी सारतत्व बोकेर नेपाली जनताको बिचमा अपारदर्शी र कृत्रिम एकता भएको थियो भन्ने कुरा यस अवधिमा त्यो पार्टीमा घटेका विभिन्न प्रकृतिका दर्जनौ घटनाक्रमहरुले स्पष्ट गर्दछ । यहाँ उल्लेखनीय कुरा के छ भने यतिबेला तीनै तहमा रहेका सरकारका मानिसहरु जनयुद्ध र जनआन्दोलनबाट फ्याँकिएका, पुराना सुधखोर,गाउँका खुङ्खार सामन्त, बिजारेदार पुँजीपति वर्ग,खोलाका बनका तथा जमिनका ठेकेदारहरु,मानवतस्कर तथा एनजिओ आइएनजिओका एजेन्टहरु संम्मिलित आसेपासे पुँजिवादको संयुक्त मोर्चा बन्नुले प्रतिगमनको उत्कर्षलाई दर्शाउँछ ।
७) बदलिएको नेपाल र नबदलिएको नेकपा :
पुरानो सामान्ती एकात्मक राजतन्त्रात्मक राज्यशत्ताको अन्त्य भई त्यसको स्थानमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले देश पूँजीवादी युग र समाजमा प्रवेश गरेको थियो । भने समाजवादका निम्ती मार्ग प्रशस्त भएको हो । नेपालको संविधान २०७२ ले समेत समाजवादउन्मुख संविधान उल्लेख गरिसकेको सन्दर्भमा व्यवहारिक रुपमा जनताको समाजवाद नै आजको नेपाली समाजको आम राजनितिक कार्यदिशा बन्नु पर्दथ्यो । तर नेकपा र यसको नेतृत्वको सरकार जनताको बहुदलिय जनवाद कि २१ औँ शताब्दिको जनवाद जस्ता .औचित्यता समाप्त भईसकेका पुरानै कुराहरुमा अलमल गरिरहेका मात्र छैनन्, सामान्तवादकै विशेषता, चरित्र तथा गुणहरु आफुमा सहवरण गर्न उद्धत देखिन्छन् ।
८) नेकपा भित्र बहसको सूचिमा नपरेका विषयवस्तु :
नेकपाका मुलत ः दार्शनिक दृष्टिकोणले विश्व साम्यवादी धारा विशेषतः राज्यकेन्द्रित समाजवादी धाराको नेपाली प्रतिनिधि पार्टी हो । कुनैबेला युरोपको माक्र्सवादी समाजवादी आन्दोलनमा अधिनायकत्वादी धाराबाट यसको नेपालमा उदय भएको थियो । शैद्धान्तिक दृष्टिकोले तत्कालिन नेकपा एमालेको जबज र तत्कालिन नेकपा माओवादी केन्द्रको एक्काईसौ सताब्तिदीको जनवादको आगमन सँगै यी दुबै शक्तिहरु सर्वहरा अधिनायकत्वादी रहेनन् । कुरा त्यतिमात्र होईन, नेपालमा सामन्तवादको अन्त्य र गणतन्त्रको घोषणा सँगै यी दुबै पूर्व पार्टि भित्र अब एक्काईसौँ सताब्दिको जनवाद वा जनताको जनवाद भन्ने शैद्धान्तिक बहस सकिएको थियो । यसको स्थान समाजवादी राजनितिक कार्यदिशाले लिएको थियो ।
वैचारिक दृष्टिकोणले तत्कालिन एमालेले २०४६ देखि नै आफूलाई संसदिय धारामा रुपान्त्रण गरिसकेको भएता पनि माओवादी केन्द्रले भने एउटा विशिष्ट परिस्थितिले सुम्पेको ऐतिहासिक जिम्मेवारीलाई कार्यान्वयन गर्ने गराउने कुरामा त्यहि ठाउमा आईपुगेको थियो । त्यो बेला हाम्रो पुस्ताले जे ग¥यो ठिकै ग¥यो । र त्यसमा हामीलाई कुनै पश्चाताप छैन । बरु गर्व छ । पछिल्लो चरणमा यी दुबै शक्तिहरुले न त आफूले अहिले सम्म अंगाल्दै आएको पूर्व सर्वहारा वर्ग अधिनायकत्ववादी धारा तोड्न सकेका छन्, न ठीक सँग पक्रन सकेका छन । समग्र समस्याहरुको चुरो कारण यहि निर रहेको छ ।
संगठनात्म दृष्टिकोणले हेर्दा यी दुबै पार्टीहरुले हिजो युद्धको प्रयोजनको निम्ति गठन गरिएका भिमकाय लेनिनवादी संगठनात्मक फौजि संरचनाका अलावा भुमिगत कालिन फौजी राजनितिलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नका निम्ति गठन गरिएका उनीहरुका अर्धभुमिगत चरित्र र विषेशता तथा गुणहरु बोकेका जनवििर्गय संगठनहरु यतिबेला पार्टी र सरकारका बिचमा बिचौलिया वा आसेपासे पुँजिवादको भुमिका निर्वाह गरिरहेका छन् ।
आर्थिक दृष्टिकोणले सरसरती अध्ययन गर्दा के पाईन्छ भने नेपालमा २०४६ सालको बहुदलिय व्यवस्थाको आगमन पस्चात नेपाली कांग्रेसका डा.् रामशरण महतले प्रस्तुत गर्दै आएको आर्थिक निति तथा कार्यक्रम भन्दा मौलिक नयाँ आर्थिक निति तथा कार्यक्रम प्रस्तुत गर्न नेकपाले सकिरहेको छैन । शिक्षा स्वास्थ्यको व्यापक निजिकरण, अर्थतन्त्रको माफियाकरण, आयातमुखि अर्थतन्त्र, व्यापक व्यापारघाटा,समग्रमा एमाले र माओवादीको एकता पछि त्यस दलको मुख्य आर्थिक चरित्र एमाले जस्तै भएको छ र हालको नेकपा नेपाली कांग्रेसको अर्थ राजनितिको यथास्थितिवादी गोलचक्रमा फन्को मारिरहेको छ ।
वर्गिय दृष्टिकोणबाट हेर्दा न त यो पाटि यतिबेला सर्वहरावर्गको पक्षमा खडा हुन सकेको छ न त पुँजीपति वर्गको पक्षमा खडा हुन सकेको छ । यतिबेला यसको न हाँसको चाल न बकुलाको चाल जस्तै भएको छ । त्यसैको परिणाम हो की कहिले अयोध्यापुराण कहिले बेसारपुराण । समग्रमा धर्म र राष्ट्रियताको आडमा तर आसेपासे लुटेरा पुँजीवादलाई योजनाबद्ध ढङ्गले प्रवद्धन र संरक्षण गरिरहेको छ ।
राष्टिय एकताका सवालमा नेकपा मधेसी आदिवासी जनजाती, थारु लगाएत सिमान्तकृर्त समुदायहरुको राज्यका सबै तहमा अधिकार सहितको उपस्थितिको प्रश्नमा सिर्फ निन्दा, अपमान र असहिष्णु बन्दै आएको छ ।
लोकतन्त्रको प्रश्नमा समावेशी समानुपातिक सहभागितामुलक इन्द्रिणी राष्टवादको विरुद्ध खडा छ ।
निष्कर्श ः
नेकपा र यसको वर्तमान सरकारको आलोचनाका लागि आलोचना गरिएको पटक्कै होईन । वस्तुगत र आत्मगत, दार्शनिक र शैद्धान्तिक, वैचारिक र राजनितिक, सांगठनिक र व्यवहारिक एवम् धरातलिय यथार्थमा आधारित यी नै ति महत्वपूर्ण आधारहरु हुन जसमाथि त्यो पार्टीका दोस्रो वरियतामा रहेका नेताहरु साथी घनश्याम भुषाल र राम कार्की प्रवेश गर्ने जोखिम मोल्न चहदैनन् । यसको सिधा निश्कर्ष यो हुन्छ– नेकपाको अवसान ।
कुनै पनि वस्तुको जन्म र मृत्यु, विकास र विनास कार्ल माक्र्सले भने जस्तै कुनै बाह्यि कारणका कारणले होईन, आन्तरिक कारणका कारणले नै निर्धारित हुने गर्दछ । त्यो कुरा विश्व कम्युनिष्ट आन्दोलनका हकमा मात्र सत्य होइन नेपालको कम्युनिष्ट आन्दोलनमा समेत हुबहु लागु हुन्छ ।
मिति २०७७ ÷०६ ÷०२
लेखक : जसपा नेपालका केन्दिय सदस्य हुन ।
ईमेलः khanalnarayan999@gmail.com

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल आज नेपाल आउँदै
अगिल्लो पोस्ट प्रदेश ५ का ६ वटा अस्पताल ५० शैयामा स्तरोन्नती हुँदै