कोरोना पछि कृषि र गाउँको महत्व

सेयर गर्नुहोस्
208Shares

भगवती न्यौपाने, कपिलवस्तु
कृषि प्रतिको सोच :
भनिन्छ, नेपाल कृषि प्रधान देश हो । हाम्रो देशमा धेरैजसो घरपरिवारको आर्थिक आयआर्जनको प्रमुख श्रोत कृषि नै हो । कृषि क्षेत्रमा हाम्रो देशको कुल जनसंख्याको ६० प्रतिशत जनशक्ति खटिएको छ । यस अर्थमा कृषि हाम्रो देशको प्रमुख पेशा र प्रमुख उद्यम पनि हो, अनि देशको मुख्य जीवनशैली हो । यसो भनि रहदाँ पनि कृषि प्रति मानिसको चासो कम भएको घट्दै गएको जस्तो देखिएको छ ।
कृषि दुःखको पेशा हो । पढेलेखेकाले कृषि गर्दा समाजले के भन्ला फितलो सोच वर्तमान समाजमा विद्यमान सबैभन्दा मुख्य समस्या बनिरहेको छ । युवाहरुले भएका खेतलाई बाजो राखि विदेश भूमिमा पसिनाको सिँचाई गरिरहेका छन् । । अर्को तर्फ निर्वाहमुखि खेति मात्रै उत्पादन गर्ने प्रचलन बढेको छ । उता जनतन उत्पादन गरेपनि उत्पादकले बजार नपाउनु, विचौलियाहरु मालामाल हुनु्, नेपालको तुलनामा विदेशबाट आएको सामानले बजारभाउ पाउनु, कृषि प्रति चासो र रुचि कम भएको भन्दा गलत नहोला । यता आज पनि कृषकले राष्ट्रिय अन्तराष्ट्रिय ब्यापारिक शक्तिहरुसँग प्रतिस्पर्धा गर्दा आर्थिक रुपमा असफल हुने भएकाले केहि प्रयासहरु विफल भएका छन् । कृषिलाई व्यवसायीकरण गर्नका लागि लगानी नहुनु, कृषि प्रति सकरात्मक मानसिकता नहनु, उत्पादनमा विविधिकरण, सहयोगी पूर्वाधारको अभाव , अनुसन्धान र विकास प्रयाप्त नहुँदा पनि कृषि प्राणाली कमजोर बन्दै गएको छ । त्यसैले समाजमा कृषि र कृषकलाई दुःखको पेसाको रुपमा परिचय दिने प्रचलन पनि बढेको छ ।
कोभिड–१९ पछि कृषिको महत्व ः
कोरोना भाइरसको महामारीका कारण विश्वभरनै धेरैको रोजगारी संकटमा परेको छ । नेपालबाट रोजगारीका लागि विभिन्न देश पुगेका युवाहरु अहिले रोजगारीको संकट भोगिरहेका छन् । नेपालमा पनि कयौंको रोजगारी गुमेको छ भने कतिको संकटमा परेको छ । तर कृषि गरेर बसेका युवाहरु भने यति बेला कोरोनाका कारण रोजगारी गुमाई हाल्नु पर्ला कि भन्ने चिन्तामा छैन । पछिलो समयमा वर्तमान परिवेश हेर्दा भने कोभिटले कृषिको महत्व सृजना गरको अधिकांश व्यक्तिलाई महशुस भएको छ । हिजो नाङगो देखिने खाली र पलटिन्ङग जगामा यति बेला हरियाली देखिएको छ । लकडाउनको विचमा शहर र विदेशबाट गाउँमा फकिएका व्यक्ति अहिले कृषिमा होम्मीएका देखिन्छन् । यसरी हेर्दा अहिले युवाहरुमा विदेशबाट आउने आम्दानीभन्दा स्वदेशकै मेहनतले दिगो रुपमा व्यवसायिक गर्न सकिने सकरात्मक सोच पैदा भएको छ । विदेशको जति लगानी, मेहनत गर्दा नेपालमा नै आम्दानी गर्न सकिने र परिवारबाट टाढा पनि हुन नपर्ने मानशिक्ता अहिले युवामा पलाएको छ । अर्को तर्फ खेतीपाती पहिले नपढेका मानिसले गर्ने पेसा थियो भने अब विस्तारै शिक्षित तथा योग्य मानिसले गर्ने समानित पेसामा बदलिदै जाने सम्भावना प्रबल बढेको छ । कृषिमा व्यावसायिकता देखापर्न थालेको छ । कोरोनाको कहरका कारण शहरबाट गाउँ पसेका तथा बैदेशिक रोजगारीबाट फर्केका हरुलाई कृषिमा संलग्न बढाउनका लागि उत्प्रेरणा जगाई त्यस तर्फ आर्कषित गर्ने राज्यलाई यो उत्तम अवसर सृजना भएको छ । यस परिवेशमा बेरोजगारी समाधानको एकमात्र बिकल्प कृषि बाहेक अन्यको सम्भावना कम देखिएको छ ।अब कृषि पारिवारिक निर्वाहमुखी अव्यवसायिक परिपाटीबाट बदलिदै प्रविधियुक्त सामुहिक र व्यवसायिक कृषि प्रणाली विकास गर्न जरुरि देखिन्छ । अबका दिनमा राज्यले कृषि र कृषकलाई मर्यादित , ब्यबस्थापित तथा सम्मानित पेशा बनाउन आवश्यक छ । यसका लागि राज्यले तत्काल कृषिक्षेत्रमा बिशेष राहतको कार्यक्रम घोषणा गरी यसको आधुनिकिकरण तथा ब्यबसायिकरणमा जोड दिई स्थायी किसिमका रोजगारीको अवसर सृजना गर्नु वर्तमान र भविष्यका लागि उत्तम विकल्प हुनेछ । लगडाउन भएको ६ महिना भएको छ । यसरी आर्थिक अर्थतन्त्र चलायमान बलियो बनाउन पनि कृषि प्रमुख आधार स्रोत मानिन्छ । त्यसैले पनि अहिले सम्मकै सबै भन्दा धेरै धान रोपाई भएको हँुदा कृषि मौलाउदै जाने सम्भावना बढेको छ ।
बढ्दै गएको गाउँको महत्व ः
कोरोनाको कारण नेपालमा गत वर्ष २०७६ चैत्र ११ गतेबाट लकडाउन सुरु भएको थियो । लकडाउनको सुरुवाति चरणमा कोरोनाको कहर डरलाग्दो भएका कारण कोठामा बस्न,े मिठो खाने परिवारिक सुःखदःुख गर्ने क्रम बढ्दै गएको थियो । माहामारिको रुप लिएको कोरोना भाईरस कोभिड १९ कारण सरकारले लकडाउन बढाउने क्रम रोकिएन । संङकलन गरेको पैसा, अन्नपात, सिदिदै जाने क्रम बढ्दै गयो ,साझविहानको छाक टार्न समस्या हुने कोठाभाडा तिर्न नसक्ने अवस्था सृजना भयो त्यस पछि मानिसलाई शहरको भन्दा गाउँको याद आउन थाल्यो । अहिलेको परिवेशमा लगडाउन भन्दा अगाडी रोजागरीको शिलशिलामा युवाहरु शंहर र विदेश गएका कारण गाउँमा वृद्धवृद्धा, र बालबालिका मात्रै रहेको अवस्था थियो भने अहिले गाउँमा युवाहरु देखा पर्न थालेका छन् । पहाड देखि तराई सम्म खाली डाडाहरु हरियाली देखिएको छ भने बुढा भएका आमाबुवाहरुको काखमा परिवारको साथ रहेको छ । गाउँ नै नदेखेको नातीले गाउँ देखेको छ । घरमै उत्पादन गरेको ताजा तरकारीले भान्सा ढाकेको छ । यता गाउँघरकै जडिबुटीले उतिकै महत्व पाएको छ । युवाहरु बैदेशिक रोजगार तथा शहर पसेका कारण गाउँमा भएका खेत तथा बारीपाटाहरु खाली थिए तर यतिबेला ति खाली जग्गामा हरियाली छाएको छ । त्यसैले अहिले गाउँको हरियाली र गाउँ नै रमाईलो लाग्ने गरेको छ ।
साच्चै नै विवेकशील बनौं र प्रकृतिसँग तालमेल गरी प्रकृतिका सबै जीवजन्तु तथा सम्पदाहरूको सहअस्तित्वलाई मनन गर्दै त्यसै अनुरूपको व्यवहार गरौँ। भनिन्छ नि, “It’s never too late to start a new life.” समय समयमा आइरहने प्राकृतिक विपत्तिहरुले केही न केही पाठ सिकाइरहेका छन्। झन्डै पाँच वर्षअघि नेपालमा आएको शक्तिशाली भूकम्पले गगनचुम्बी महलमा बस्नुमा गर्व गर्नेको छातीमा धक्का दिएर गएको थियो । अहिले कोरोनाले सामान्य ग्रामिण वस्तिको गरिब नागरिक देखि अर्बपतिहरुको जीवन अन्यौलग्रस्त बनाईरहेको छ ।
अब यस कोरोना भाइरसले निम्त्याएको परिस्थितिबाट बेलैमा सचेत होऔं। आशा गरौँ यो संकटको घडी छिट्टै पार लागोस्। सबैजना आ आ(आफ्नो यथास्थानमा बसौं, आफूसँग साथमा जे जति छ, जुन अवस्थामा छौं, त्यसैमा रमाउन सिकौं। आखिर मनोरञ्जन पनि मानसिक तत्व न हो, साना साना कुराहरुमा खुशी खोजौं। आफू पनि बाचौं र अरुलाई पनि बचाऔं। आफ्नौ पाखो बारी खनौँ, थोरै उत्पादन गरौँ तर धेरै आनन्द लिन सिकौँ । अर्काको देशमा बगाउने पसिना आफ्नौ माटोमा सिँञ्चित गरौँ । नेपाल कृषिप्रधान देश हो भन्ने कुरालाई अब ज्वलन्त पारौँ ।

लेखक न्यौपाने ईसाझाकुरा डट कम की सम्पादक हुनुहु्न्छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तुको भलवाडका तीन टोल एकसाता देखि अन्धकारमा ।। प्राधिकरणले भने फोन पनि उठाउँदैन
अगिल्लो पोस्ट धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल आज नेपाल आउँदै