वाणगंगाका निजि विद्यालयहरु असोज ७ बाट सञ्चालन हुने

सेयर गर्नुहोस्
240Shares

ई–साझाकुरा नवराज बेल्वासे, असोज ७

कोरोना भाइरसका कारण करिव ६ महिना सम्म बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । वाणगंगा नगर प्यावसनको आकस्मिक बैठक बसी विद्यालयहरु सञ्चालनमा ल्याउने जनाइएको हो ।

लामो समयसम्म बन्द रहदा विद्यालयहरु मारमा परेको , विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप गतिशिल नभएको , विद्यार्थीहरुको उज्जव भविष्य बनाउनाका लागि भए पनि विद्यालय सञ्चालन गर्नुपर्ने जनाइएको छ ।

नगरको बैठकले असोज २ गतेदेखि ७ गतेसम्म भर्ना अभियान र ७ गतेबाट नै कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । वैकल्पिक शिक्षालाई अग्रसर दिदै पठनपाठन सहज गराउने निर्णय भएको छ । यद्यपि कक्षा सञ्चालन गर्ने अौपचारिक निर्णय हुन भने बाकिँ रहेको नगर कमिटीले जनाएको छ । कक्षा सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गर्ने तथा समाजिक दुरी कायम राखेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको ई–साझाकुराका लागि प्यावसन नगर कमिटि सचिव लेखनाथ पौडेलले जानकारी दिनुभएको छ ।

पौडेलले भन्नुभयो

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बाँकेमा प्रेस सेन्टर नेपालको भेला भव्य रुपमा सम्पन्नः अध्यक्षमा अजय पाठक
अगिल्लो पोस्ट कपिलवस्तुको भलवाडका तीन टोल एकसाता देखि अन्धकारमा ।। प्राधिकरणले भने फोन पनि उठाउँदैन