भदै ३१ रुपन्देही
रुपन्देहीमा बुधबार थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ६१ पुगेको छ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४ सहित ४० जना संक्रमित थपिएका छन्। जसअनुसार सैनामैना नगरपालिकाका ६ जना, सिद्धार्थनगर नगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकाका ४ जना र सियारी गाँउपालिकाका १ जना गरी ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
रुपन्देहीमा १ हजार १ सय जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ। रुपन्देहीमा बुधबारसम्ममा ७ सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।