प्युठानमा थपिए २१ कोराना संक्रमित

सेयर गर्नुहोस्
194Shares

भाद्र ३१प्युठान ।
प्युठानमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
थपिएका संक्रमितहरुमध्ये प्युठान नगपालिकाका ९, स्वर्गद्धारी नगरपालिकाका १, झिमरुक गाउँपालिकाका ७ र सरुमारानी गाउँपालिकाका ४ जना रहेका छन् ।स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसिआर परीक्षणमा १४ देखि ६४ वर्ष सम्मका २१ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित मध्ये ५ महिला र अरु पुरुष छन।
हालसम्म प्युठानमा ४ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ सय ५२ जनाले भने कोरोना जितेर घर फर्किएका छन् । त्यसमध्ये सक्रीय संक्रमितको संख्या कुल ४२ छ । यश अघि प्युठानमा कोरोनाका कारण २ जनाको मृत्यु भैसकेको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिका बन्द
अगिल्लो पोस्ट सैनामैनामा सुत्केरी र गर्भवतीको निःशुल्क कोरोना बीमा