कोरोनाको रुप बढ्दो, बुधबार १५३९ जना थपिए

सेयर गर्नुहोस्
104Shares

भदौ ३१, काठमाण्डौ
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा १० हजार चार सय ९४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार ६८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार सात सय ६ पुगेको छ ।
अब नेपालमा १६ हजार दुई सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार आठ सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रदेश ५ मा कोरोना निको हुनेको दर ७३ प्रतिशत
अगिल्लो पोस्ट सुगा बने जापानको नयाँ प्रधानमन्त्री