सरकार कहीले हो स्वदेश फर्कने ? विचल्लिमा परियो

सेयर गर्नुहोस्
129Shares

हर्क शैयद, भदौ ३० युएई

म सुगम जिल्लाको दुर्गम गा्रमिण क्षेत्रमा एउटा सामान्य परिवारमा जन्मे अनि हुर्किएँ । गाउँ कै सरकारी विद्यालयमा सामान्य शिक्षादिक्षा लिएँ र नेपाली समाज कै चरित्र अनुसार म पनि वैदेशिक रोजगारीका लागि विदेश तिर लाग्ने सोँच बनाए ।
नेपाल मै गाउँठाउँ मै आफ्नो जिविकोपार्जनका लागि गर्न न सकिने होइन तर नेपाली समाजको चरित्र परिवेश अनि संस्कृति अनुसार चल्न प¥र्याे । अहिले हाम्रो नेपाली समाजको चरित्र जुन संस्कृतिको रुपमा विकास भएको छ, त्यसलाई तोड्न कयौँ दशक लाग्न सक्छ । चरित्रलाई तोड्न जति सजिलो छ जब त्यो चरित्र संस्कृतिमा बदलिन्छ, त्यसलाई तोड्न एकदमै कठिन बन्न पुग्छ । विदेश तिर जब बच्चा जन्मन्छ, जब उ ८– १० वर्षको हुन्छ तब उसलाई सोधिन्छ, बाबु तिमी ठूलो भएपछि के बन्छौ ? उसले भन्छ म डाक्टर, इन्जिनियर, पाईलट बन्छु । तर नेपालमा सोधियो भने म अरब जान्छु, विदेश जान्छु भन्छ । किनकी घरघरमा डाक्टर, इन्जिनियर होईन विदेश जाने संस्कृती बसेको छ । सघरको संस्कृति जस्तो छ त्यसैबाट समाजको चरित्र निर्माण हुने हो । अनि समाज समाजको चरित्रले देश र राष्ट्रको वातावरण बन्ने हो ।
हाम्रो देशको संस्कृती विदेश जाने , समाजको चरित्र विदेश जनुमा प्रथामिक छ, अनि देशको वातावरण स्वदेश होईन विदेश जाने र पठाउनम केन्द्रित छ ।
मैले पनि मेरो घरको संस्कृति तोड्न सकिन,समाजको चरित्रलाई बदल्न सकिन, अनि देशको वातावरणलाई परिवर्तन गर्न सकिन । विदेश जान खोज्नु मेरो रहर र चाहना होइन । बाध्यता थियो । कोही सम्पन्न परिवारबाट छ, पढेलेखेको छ भने युरोप अमेरिका तिर, खासै पढेको छैन, अबरतिर , यो आम नेपाली युवाहरुको नियति हो । त्यो नियतिबाट म कसरी अछुतो हुन सक्थे र ? यो नियतिलाई प्रेरित गर्न हाम्रो घरपरिवार र समाजको बाध्यता बनेको छ । राज्य संयन्त्रको यसमै ठूलो जोड छ । नेपालमा उत्कृष्ठ विद्यालय भन्द बढी युवाहरुलाई विदेश पठाउने मेनपावर कम्पनीहरु बढि छन् । शैक्षिक कन्सलट्न्टहरु छन् ।

सरकार देशमा भएका सम्पूर्ण युवाहरुलाई रोजगारी दिने भन्छ, तर नयाँ रोजगारीका गन्तव्य भन्दै अन्य देशहरुसँग कामदार पठाउने सम्झौताहरुमा हस्ताक्षर गर्छ । अनि यतिवटा देशमा श्रम सम्झौता भयो भन्दै खुसी मनाउँछ । यहाँ केही गर्छु भन्नेहरुलाई पारदर्शी किसिमले कुनै सहयोग भएको देखिदैन । यि र यस्ता अनेक कारणहरुले गर्दा म विदेश जाने निचोडमा पुगेको हुँ ।

सरकार देशमा भएका सम्पूर्ण युवाहरुलाई रोजगारी दिने भन्छ, तर नयाँ रोजगारीका गन्तव्य भन्दै अन्य देशहरुसँग कामदार पठाउने सम्झौताहरुमा हस्ताक्षर गर्छ । अनि यतिवटा देशमा श्रम सम्झौता भयो भन्दै खुसी मनाउँछ । यहाँ केही गर्छु भन्नेहरुलाई पारदर्शी किसिमले कुनै सहयोग भएको देखिदैन । यि र यस्ता अनेक कारणहरुले गर्दा म विदेश जाने निचोडमा पुगेको हुँ । त्यसका लागि सबैभन्दा पहिले नागरिकता बनाउनु पर्दाे रहेछ । अनि नागरिकता बनाउनको लागि गा.बि.स को सिफारिस चाहिँदो रहेछ । त्यो सिफारिस बनाउदा सचिवले बाबु अब पक्का नेपाली नागरिक बन्ने भयौ, अब यो खुसियालीमा केहि त हुन प¥यो नि भन्दा रहेछन् । मैले पनि हो त नि भने, गोजिबाट ५ सय रुपैयाँको नोट निकाले अनि दिए । खुसि भएँ । किन कि म नेपाली नागकि हुदैँ थिए । तर म नेपाली नागरिकता धारी आमा बाबुको सन्तार, नागरिकता नहुँदैमा अनागरिक भन्ने पनि थिएन । नेपाली राज्य संयन्त्र अनि प्रशासनको काम काम सर्वसाधारण नागरिकहरु सँग कसरी पैसा असुलिन्छ त्यो एउटा उदाहरण मात्र हो । जब नगरिकता लिन जिल्ला प्रशासन कार्यालय तौलिहवामा पुगे प्रशासनको ढोका भित्र छिरेँ, तपाईको काम बनाईदिन्छु भन्दै हातै समात्न आउने मान्छेहरु देखेँ । पहिलो पटक जिल्ला प्रशासनमा पुगेको म, काम गराईदिन्छु भन्दै मान्छे आउँदा खुसि भएँ । कस्तो सेवा भन्दै मन मनै फुरुङ्ग भएँ । सोँचे यो मान्छे कार्यालयमा आउने सेवाग्रहीलाई सहज होस भनी सहजिकरण गर्ने मानिस होला । यही सोचेर सिफारिको फाइल हातमा थमाईदिएँ, उँ फाईल बोकेर यता र उता गर्न थाल्यो । जब कार्यालय समय सकिन थाल्यो अनि हातमा नागरिकताको प्रमाणपत्र प¥यो । अनि मेरो फाईल छोपेको मान्छे पनि आइपुग्यो र भन्यो, धेरै कोसिश गरेर तपाईको नागरिकता बन्यो नत्र भोलि पनि आउनुपर्ने थियो ।यसो चिया नास्ताको दुख मिलाए हुन्थ्यो । मैले सोधे, कति भए चिया, नास्ता र दुखलाई पुग्छ ? उसले भन्यो एक हजार जति दिनुस न । म सँग त्यति पैसा छैन भनेर १०० रुपैयाँको नोट दिए । पछि थाहा भयो त्यो मान्छे कार्यालयको कर्मचारी नै रहेछ । नागरिकता त मैले पाएँ तर मलाई लाग्यो म देशका कर्मचारीबाटै लुटिदै छु ।


म त विदेश जानुपर्ने संस्कृति बसेको समुदायमा हुर्किएको सामान्य नेपाली । नागरिकताले मात्रै कहाँ पुग्थ्यो र ? राहदानी बनाउने सुरसारमा लागे । त्यसतै झेलमेल खेप्दै राहदानि पनि बनाएँ । त्यसका लागि पनि आवस्क खर्च भन्दा ६ सय रुपैयाँ अतिरिक्त बुझाउनु प¥यो । काठ्माडौँ जान भनि आमाले १५ हजार रुपैँया ऋण खोज्नुभयो । विदेश जोने प्रक्रिया मिलाउन १५ हजार ऋणको भारि बोँके । अरु कमाए पछि खर्च गर्छन म भने पैसा कमाउने सपना बाक्दै ऋणको पैसा खर्च गर्न थाले । जब हातमा राहदानि अर्थान पार्सपोेर्ट हातमा आयो मन निकै खुसी भयो । अब रोजगारीका लागि म पनि विदेश जान पाउने भए मन फुरुङ्ग भयो । विदेश पठाउने मान्छेलाई आफ्नो नयाँ राहदानी बुझाएँ । हाम्रो गाउँघर तिर यस्ता सम्पर्क मानिसलाई दलाल भन्छन् ।मैले त्यही दलाललाई राहदानि बुझएँ । २०७० सालमा दिएको पासर्पाेटको भिसा २०७१ सालमा झण्डै एक वर्ष लगाएर लागेछ । यो एक वर्षको अवधिमा अरु सम्पर्क व्यक्तिहरुलाई फोन गर्दा र भेट्दा पहिलो पटक ऋणखोजको पैसा जस्तै धेरै पन्ध्रहजार सकिए । यो मेरो मात्रै होईन सहेद म जस्ता विदेशिने आम नेपाली युवाहरुको पिडा हो ।
एक वर्ष पछि भिसा लागै सँगै म्यानपावर कम्पनीको मानिसले १ लाख ५० हजार पैसा मागे । विदेशमा खान बस्न निशुल्क, हरेक दुई वर्षमा विदामा नेपाल आउन पाईने, टिकट निशुल्क र घर आउँदाको पनि पैसा नकाटिने कुरा सुनाए । तलब मासिक त्यहाँको रु ८०० र अतिरिक्त काम गरे १३०० रुपैँया सम्म हुने बताए ।
केही समय पछि विदेश जान भनि युएईको टिकट पनि भयो । यति दुःख र कष्ट सहित ठुलो रकम खर्च गरेको म आएको यहि मौका पनि छोडियो भने फेरी अरु कति महिना लाग्ने हो वा कति दुःख हुने हो त्यही सोचले विदेश जाने निधो गरेँ । नागरिकता बनाउँदा देखि विदेश जाँदा सम्म लागेको खर्च करिब २ लाख ५० हजार बढि को ऋणको भारी सहित विदेशिएँ ।
युएईको रहनसहन, मानिसहरु सँगको तालमेल मिलाउनै केही महिना हम्मेहम्मे भयो । कन्स्ट्रक्सनसको काममा आएको म, यहाँको गर्मी, एक समय त लाग्छ जीवन र मरणको युद्धलेक जस्तै लाग्छ । यिनै उतार चढाव सँगै पाँच वर्ष गुजारे । यो विचमा ऋणको भरि बिसाउन पुरै पाँच वर्ष नै लाग्यो । जति काम गरे पनि बढिमा ११०० रुपियाँ भन्दा बढि कमाई नहुने , यो बिचमा बचत १ सय रुपैँया पनि गर्न सकिएन ।

यो बिचमा मैले बुझेको एउटा कुरा, हाम्रो देशको राष्ट्रिय पक्ष भनौ वा देशको नेतृत्व गर्ने नेतृत्वदायी वर्गले हामी युवाहरुलाई आधुकि देशको नाममा विदेश नै पठाउने काम ग¥र्याे । यदि त्यो लाहुरेको नाममा होस वा श्रमिकको नाममा । पासर्पोटको परिचय दिँदै विदेश पठाउँदै । विदेशमा भएकाले अनेक दुःख कष्ट झेल्दै पठाएको पैसाले उसले घरपरिवार पालेको छ । शिक्षा स्वास्थ्य हरेक कुरामा हाम्रो राज्य पक्षलाई हाईसन्चो छ ।

कसैको जिम्मेवारी राज्यले एक्ले बहन गर्नुपरेको छैन । तर त्यहि स्वास्थ्य शिक्षा खाद्यान्नमा लागेको कर उठाउँदै आफ्ना निहित स्वार्थ पुर्ति गरेको प्रष्ट अनुभुति मैले गर्न पाएँ । तर के गर्ने म जस्ता लाखौँ विदेशिएका युवाहरु केही पनि गर्न नसक्ने बिचरा अवस्थामा छौँ ।
पाँच देखि ६ वर्षको विदेशको भोगाई सँगै मेरो फुसको छानो भएको घरमा जस्ता पाताले आकाश छेक्ने काम गरे । तर त्यसमा पनि कमाएको धनले कहाँ पुग्थ्यो र पाँच लाख ऋण लागे छ । विस्तारै कमाउँदै तिरौँला भन्दा भन्दै यो माहामारी कोभिड १९ ले विश्व आक्रान्त पार्न पुग्यो । मेरो सपनामा पनि महामारिले छोेयो ।
कोभिड १९ को महामारिले जसरी विश्व आक्रान्त परिरहेको छ, युएई (दुबई) मा पनि लपेटिरहेको छ । भन्दा नभन्दै राजगार दाता कम्पनीले रोजगारी कटौती गर्दा म पनि परेँ । अहिले त कम्पनीमा भएका सबैले जागिर गुमाईसके । धन्न खान बस्न दिएको छ । ५० डिग्रीको गर्मीमा सडकको बास बस्नुपर्ने बाध्यता पनि कैयौँ नेपाली युवाहरुको भोगाई बनेको छ । लकडाउन सुरु भएको दुई महिना पछि भए पनि सरकारले अब उद्धार गर्ने भयो भन्ने आशा पलायो । तर बस्नलाई बास छैन, खानलाई पैसा छैन । यस्तो अवस्थामा त्यती चर्काे हवाई टिकट आफैले काट्नुपर्ने कसरी ? सरकारले १२ घण्टाको फरकमा दुई पटक टिकटको मुल्य घटायो तर पनि आफैले टिकट कट्न नसक्ने म जस्ता कैयौँ युवाहरु भोकै बस्नुपर्ने स्थिति नआउला भन्न सकिदैन । आजका मिति सम्म खान बस्न यहाँको कम्पनिले दिएको छ तर अब एक हप्ता भित्र आफ्नो देश फर्किन नसके त्यो पनि कटौती गर्ने भनिएको छ । गोजिमा पैसा एक रुपियाँ पनि नभएको म कसरी त्यती महंगो १५०० देखि २००० सम्मको टिकट काट्न सक्नु । अनि पिसिआर परिक्षणको रिर्पाेट अनिवार्य भनिएको छ, त्यो पनि हामी सँग छैन । अर्काे कुरा नेपाल आई सके पछि होटल खर्च पनि आफ्नै गर्नुपर्ने रे । एक दिनको खाना खर्च नभएका म जस्ता नेपालीहरुले होटल खर्च चाही कसरी तिर्न सकिएला ? हरेक दिन पाँच सय जना भनेको छ,यदी यदाकदा जसो तसो खर्च जोहो गर्न सकिएला तर आफ्नो पालो कहिले आउँछ त्यो पनि कुनै ठेगान छैन । आफ्नै देशको नागरिक फिर्ता लैजान आफ्नै देशको सरकारको यस्तो रबैया छ भने पराई भुमिमा पराई सरकारको रबैया हामी नेपालीहरु माथि कस्तो होला ?
सरकार भनेको श्रमिक,मजदुर,गरिब, असाहय,विपन्न वर्गलाई प्राथामिकतमा राखेर हेर्नेे हुनुपर्छ भन्ने सुनेको थिएँ । तर सरकार पुजीँपति वर्ग र सिमित मानिसहरुको हितका लागि भएको जस्तो महशुभ भएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आज ३० भाद्र २०७७ मंगलबार तपाईको राशिफल
अगिल्लो पोस्ट राजमो कपिलवस्तु द्वारा शोक सभा सम्पन्न