कसौधन महिला समितिद्वारा बाल आश्रममा खाद्यन्न बितरण

सेयर गर्नुहोस्
1Shares

भदौ २९ भैरहवा ।
राष्ट्रिय बाल दिवसको अवसर पारेर कसौधन महिला समिति रुपन्देही सिद्धार्थ बाल आश्रममा खाद्यन्न सहयोग गरेको छ ।
कोभिड–१९ को कारण सबै क्षेत्र मारमा परेको र बाल आश्रममा रहेका बालबालिकाहरुलाई गाह््रो नहोस भन्ने उद्देश्यले खाद्यन्न सहयोग गरेको आयोजकले बताए । कसौधन सेवा समितिकी अध्यक्ष पूनम कसौधनले बाल दिवसको दिन दिनलाई यो भन्दा राम्रो उपहार नभएको बताईन । उनले दिवसकै दिन बाल आश्रम सञ्चालक सित सल्लाह गरे २२ हजार बराबरको खाद्यन्न प्रदान गरिएको जानकारी दिईन । चामल, दाल, चिनि, बिस्कुट, चिउरा लगायतका सामाग्रीहरु प्रदान गरिएको कसौधनले बताईन । उनले भविष्यमा समेत यस्ता सहयोगले निरन्तरता पाउने बताईन ।
बालआश्रममा सुरुका दिनमा खाद्यन्नको कमि नरहे पनि बिस्तारै खाद्यन्नकै अभावमा बालआश्रम सञ्चालन गर्न कठिनाई भै रहेको अवश्थामा खाद्यन्न सहयोग गरेर कसौधन महिला समितिले गुन लगाएको आश्रमकी सञ्चालिका कृष्णमाया गुरुङ्गले बताईन । उनले दाताहरुको सहयोग आई रहे पनि कोरोनाकै कारण दुरी अपनाउदा अहिले खाद्यन्न अभाव हुदै गएको दुखेसो गरिन । आश्रमको भैरहवा केन्द्रमा ११ जना र लुम्बिनीमा ८ जना गरि १९ जना बालबालिका रहेको गुरुङ्गले बताईन ।
कसौधन महिला समितिकी अध्यक्ष पूनम कसौधनको अध्यक्षता एवम उपाध्यक्ष प्रियंका कसौधनको सञ्चालनमा सम्पन्न भएको खाद्यन्न वितरण कार्यक्रममा कसौधा समाजका सदस्य सुर्य कसौधन, अजय कसौधन लगायतको सहभागीता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट १० किलो अफिमसहित बाँकेमा दुई जना पक्राउ
अगिल्लो पोस्ट जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश