कामबाट निकालेपछि होटल कर्मचारी आन्दोलित

सेयर गर्नुहोस्
1Shares

भदौ २९, बुटवल ।
रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन् । अष्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित सो होटलले दुई वर्षे करार सम्झौता सकिएको भन्दै कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर विदा दिएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
होटलले अब करार सम्झौता नविकरण नहुने जनाएपछि कर्मचारीहरुले आजदेखी आन्दोलन शूरु गरेका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत कर्मचारीले आज दिउँसो रिसोर्ट गेटमा धर्ना दिएका छन् भने जिल्ला प्रशासन कार्यालय र अन्य निकायमा पुगेर ज्ञापनपत्रसमेत बुझाएका छन् ।
होटलका जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ४ सय ३३ कामदारलाई निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको कर्मचारी युनियनका अध्यक्ष रोसन गुरुङ्गले बताए । उनले निश्काशन गरिएका कर्मचारीहरुलाई पुनरबहाली गर्ने प्रकृया अगाडि बढाउन दबाब दिइएको बताए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट २४ घण्टामा कोरोनाका कारण १५ जनाको ज्यान गयो
अगिल्लो पोस्ट कोरोना अस्पताल बुलझुण्डीमा ५ दिनभित्र आईसीयू राखिने