दाङमा प्रहरी हवल्दारमाथि चक्कु प्रहार

सेयर गर्नुहोस्
2Shares

भदौ २८ दाङ ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार खडक बहादुर खत्रीमाथि चक्कु प्रहार भएको छ । शनिबार साँझ ४ः३० बजे खाज खान होटेलमा बसको समयमा एक महिलासँग विवाद हुँदा उनीले प्रहरी हवल्दालाई चक्कु प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चक्कु प्रहारबाट हवल्दार खडका घाइते हुनुभएको छ ।उहाँ उपचार पछि अहिले घरमा फर्किएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले बताउनुभयो । ‘एक जना महिलासँग विवाद हुँदा निज महिलाले प्रहरी हवल्दार लाई एक्कासी चक्कु प्रहार गरेर घाइते बनाएका रहेछन्’, खड्काले भन्नुभएको छ । चक्कु प्रहार गर्ने महिलाको परिचय भने खुलाइएको छैन ।अहिले चक्कु प्रहार गर्ने महिलालाई पक्राउ गरी सुक्ष्म रुपमा बिस्तृत अनुसन्धान भई रहेको प्रवक्ता खड्काले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।