कपिलवस्तुको बुद्धभुमिमा पाँच दिने शिशुमा कोरोना पुष्टि

सेयर गर्नुहोस्
43Shares

भदौ २७ कपिलवस्तु
कपिलवस्तुमा शनिवार एक पाँच दिने शिशु सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका स्थित पाँच दिनका शिशुमा कोरोना देखिएको स्वास्थय कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । संक्रमित शिशुको आमालाई भने यस अघि नै संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै जिल्लाको महाराजगञ्ज नगरपालिकामा थप ३ जनामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु सबै पुरुष रहेको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमणबाट अहिले सम्म ६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट पहिरोले गोठ पुर्दा दुई बालकको मृत्यु
अगिल्लो पोस्ट मानवअधिकार समुह वाणगंगाद्धारा वार्षिक कार्ययोजना निर्माण