ई–साझाकुरा नवराज बेल्वासे, भदौ २५
कपिलवस्तुका सामाजिक युवाले सञ्चालन गरेको फुड बैँकको चौथो दिनसम्म आउदा उत्साहजनक रहेको अभियानका सदस्यहरुले बताएका छन् । कोरोना भाईरसको महामारीको बेला धेरैको गास खोसिएको महशुस गरेपछि फुड बैँक सञ्चालनमा ल्याइएको हो ।
कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका अन्र्तगत चार नम्बर जितपुरबाट अभियानको सञ्चालन गदैँ अभियान घरेवा बनगाई सम्म आएको हो । अभियानको पाचौँ दिन भदौ २६ गते अभियान बुद्धभुमि नगरपालिका गोरुसिङ्गेमा अभियान सञ्चालन गरिने भएको छ ।
विशेषगरी बिहान ७ बजेदेखि ९ बजे सम्म अभियानले निरन्तरता पाउने बताइएको छ । हुनेले दिएर जाउँ नहुनिले लिएर जाउ भन्ने उदेश्यका साथ सञ्चालनमा आएको अभियानमा चौथो दिन सम्म आउदा २०० घरपरिवारलाई खाद्य सहयोग गरेको अभियानका सदस्य शुशान्त पोख्रेलले ई–साझाकुरालाई जानकारी दिनुभएको छ ।
कसैले खाद्य सामाग्री दिएर भने कसैले आर्थिक सहयोग गरेका कारण अभियानमा आफुहरुले सोचेको भन्दा राम्रो सहयोग आएको र थप सहयोग आउने कुरामा आफुहरु ढुक्क रहेको पोख्रेलले बताउनुभयो ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।