बागलुङमा चट्याङ लागेर युवकको मृत्यु

Dark sky with blue lightenings illustration
सेयर गर्नुहोस्
25Shares

२५ भदौ, बागलुङ ।
चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोबाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामीले बताए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट पाल्पामा घर भत्किएर एक युवकको मृत्यु
अगिल्लो पोस्ट ९ वर्षका बालक सहित वाणगंगामा थप ६ जनामा कोरोना