भदौ २५, पाल्पा
जिल्लाको बगनासकाली गाउँपालिका ७ खानीगाउँमा घर भत्किएर पुरिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २२ वर्षीय सुमन कनौजे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए। सुतिरहेको अवस्थामा एक्कासी घर भत्किँदा बुधबार राति ११ बजे उनी घाइते भएका थिए। उनलाई पुरिएको अवस्थामा स्थानीयले उद्वार गरेका थिए। उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल ल्याउँदा उनको मृत्यु भएको हो ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।