भारतीय हास्य कलाकार रेड्‍डीको निधन

सेयर गर्नुहोस्
2Shares

भदौ २३, एजेन्सी
तेलुगु अभिनेता जय प्रकाश रेड्डीको मंगलबार निधन भएको छ। उनको ७४ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको हो। उनको निधनले तेलगु फिल्म क्षेत्र शोकाकुल भएको छ। आंध्र प्रदेशका पूर्वमुख्यमन्त्री एन चंद्रबाबु नायडूले जयप्रसाद रेड्डीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिएका छन्। दक्षिण भारतीय फिल्म क्षेत्रका चर्चित हास्य कलाकार उनी चरित्र अभिनेताले प्रख्यात थिए। उनले समरसिम्हा रेड्डी, नरसिंहा रायडु, रेडी, किक तथा कबड्डी कबड्डी जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए। अन्तिम पटक महेश बाबु स्टारर रहेको ‘सारिलेरु निकेभरु’ फिल्ममा देखिएका थिए। यो फिल्म २०२० को जनवरीमा आएको थियो। सन् १९८८ मा वेंक्केटेस स्टारर फिल्म ‘ब्रम्हा पुथरुडु’ मा सब–इन्स्पेक्टरको भूमिकामार्फत उनले भारती फिल्म क्षेत्रमा डेब्यु गरेका थिए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट अर्घाखाँचीमा थप एक कोरोना संक्रमितको मृत्यु
अगिल्लो पोस्ट जसपाको माग ः कोरोना संक्रमणबाट मृत्यु भएकालाई धर्म अनुसारको सदगद