२४ घण्टामा ९८० जनामा कोरोना सङ्क्रमण

सेयर गर्नुहोस्
259Shares

भदौ २१ काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४६ हजार दुई सय ५७ पुगेको छ । गएको २४ घण्टामा नौ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार तीन सय ८२ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ सय ८० जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा एक हजार आठ सय १४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार नौ सय ४१ पुगेको छ ।

अब नेपालमा १७ हजार २७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रदेश ५ सरकार योजनाविहीन बनेको कांग्रेको आरोप
अगिल्लो पोस्ट यूएफा नेसन्स लिगमा क्रोएसियामाथि पोर्चुगलको शानदार जित