सात सय नेपाली स्वदेश आउँदै

सेयर गर्नुहोस्
49Shares

भदौ २१ काठ्माडौ
आज नियमित र चार्टर उडान मार्फत ७ सय भन्दा धेरै नेपाली स्वदेश फर्किँदैछन्। कतार, साउदी अरब, युएई र चीनबाट गरी ७ सय ४१ जना नेपाली आउन लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार युएईबाट दुईवटा विमानमार्फत् तीन सय भन्दा धेरै नेपाली आउँदैछन्। नेपाल एयरलाइन्सको उडानमार्फत् १५२ जना र एयर अरेबियाबाट १६० जना आउन लागेका हुन्। साउदी अरबबाट नेपाल एयरलाइन्समा २६६ जना र कतारबाट हिमालय एयरलाइन्समा १५२ जना आउँदैछन्। चीनबाट एयर चाइनामार्फत ११ जना आउन लागेका प्राधिकरणले जनाएको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आज – २१ भाद्र २०७७ आइतवार को राशिफल
अगिल्लो पोस्ट जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु