प्रदेश पाँचमा कोरोनाबाट थप दुईजनाको मृत्यु

सेयर गर्नुहोस्
1Shares

भदौ २०, रुपन्देही ।
रुपन्देहीका थप दुईजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे ज्यान गएको उहाँले बताउनुभयो । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या देखिएपछि दुवै जनाको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण : काठमाडौं
अगिल्लो पोस्ट वैकल्पिक सिकाइ शैक्षिक सत्रमा गणना हुन्छ : शिक्षामन्त्री