बाघको आक्रमणबाट एक किशोरको मृत्यु

सेयर गर्नुहोस्
108Shares

भदौ १९, बर्दिया ।
बर्दियाको मधुवनमा एक किशोरको बाघको आक्रमणमा परि ज्यान गएको छ। माछा मार्न गएका बर्दियाको राजापुरका एक किशोरको खाता जैविक मार्गमा बाघको आक्रमणबाट ज्यान गएको हो। भदौ १५ गते माछा मार्ने क्रममा बाघले आक्रमण गरी लगेका ती किशोरको शव बिहीबार फेला परेको प्रहरीले जनाएको छ। बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ का ति किशोर मधुवन ३ भगरैयास्थित आफन्तको घरमा बस्दै आएका थिए। माछा मार्न गएका १३ वर्षीय विशाल वलीको बाघले आक्रमण गर्दा ज्यान गएको बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट गौतमबुद्ध मुटु अस्पतालका स्वास्थ्यकर्मीमा कारोना, अन्य १० जना पनि संक्रमित
अगिल्लो पोस्ट अर्थमन्त्री डा.खतिवडाले राजीनामा दिने तयारी