कपिलवस्तुको वाणगंगामा थपिए समुदायस्तरका ६ जना कोरोना संक्रमित

ई–साझाकुरा, भदौ १९

कपिलवस्तुको वाणगंगामा ६ जना कोरोनाका संक्रमित पुष्टि भएको छ । पुष्टि भएका संक्रमित मध्ये सबै जना वडा नम्बर १ का समुदायस्तरका रहेका छन् ।

विहिवार गरिएको कन्ट्याक्क टे«सिङ मध्ये शुक्रवार विहान आएको रिर्पोट अनुसार ६ जनामा संक्रमण पृष्टि भएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । बिहिवार १६ जनामा स्वाब नमुना संकलन गरिएको थियो ।

 

संक्रमित मध्ये २ महिला र ४ जना पुरुष रहेका छन् । संक्रमितको उमेर समुह ६ देखि ७९ वर्ष सम्म रहेको शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार हाल सम्म वाणगंगामा १०७ जना संक्रमित मध्ये ८० जना निको भएका छन् भने २७ जनाको आईशोलेशनमा रहेको छन् ।

प्रतिक्रिया