१३ जुवाडे प्रक्राउ

सेयर गर्नुहोस्
165Shares

भदौ १८,दाङ ।
दाङमा प्रहरीले १३ जना जुवाडेलाई प्रक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका १४ को पन्नपुरका निमबहादुर केसीको घरमा जुवा खेलिरहेको समयमा उनीहरुलाई प्रक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १४ का मधुकर बस्नेत, माधव विक, दीपक वादी, राजाराम विक, निर्मल विक, चुडामणि डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुमित खड्काले बताउनुभयो ।

त्यस्तै भागवत डाँगी, बाबुराम नेपाली, निमबहादुर केसी, विकेश परियार, दीपक डाँगी, वडा नं १५ का प्रद्युम्न धिताल र घोराही उपमहानगरपालिका ९ का वसन्त बुढाथोकी प्रक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ६३ हजार आठ सय ४० रुपैयाँ र जुवा खेल्न प्रयोग भएको एक गड्डी नखोलेको र पाँच गड्डी खोलेको तास पनि नियन्त्रणमा लिइएको डीएसपी खड्काले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि स्वास्थ्यसम्बन्धी मापदण्डको पालना भएको पाइएको छैन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रदेश पाँचमा अहिले सम्म ३५ जनाको कारोनाका कारण ज्यान गयो
अगिल्लो पोस्ट आज – १९ भाद्र २०७७ शुक्रवार को राशिफल