कोरोनाका कारण प्यूठानमा थप एकको मृत्यु

सेयर गर्नुहोस्
2Shares

भदौ १८ प्युठान ।
कोरोना संक्रमणबाट प्युठानमा थप एकजनाको मृत्यु भएको छ। बुट्वलको गौतमबुद्ध अस्पतालमा उपचाररत स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको बुधबार कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । केही दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएका उहाँलाई सास फेर्न समस्या भएपछि भाद्र १५ गते उपचारका लागि गौतम बुद्ध अस्पतालको आईसियु कक्षमा भर्ना गरिएको थियो। उहाँको बुधबार राती १०ः३० बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै कोरोनाका कारण प्युठानमा मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सालझण्डीकी कोरोना संक्रमित महिलाको मृत्यु
अगिल्लो पोस्ट २४ घण्टामा १२२८ जनामा कोरोना देखियो