वाणगंगामा अटो दुर्घटना, एकको मृत्यु

सेयर गर्नुहोस्
3Shares

ई–साझाकुरा, भदौ १८

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका १० गनहा पुलस्थित भित्रि सडक खण्डमा अटोरिक्सा दुर्घटना भएको हो । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लु १ ह २६४५ नं. को अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा रुपन्देहीको गैडहवा गाउँपालिका ४ पौवा बस्ने ४० वर्षीय दयाशंकर चमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

घटनामा चालक टम्केश्वर चमार सामान्य घाईते भएका छन् । त्यसैगरी दुर्घटनामा गैडहवा ४ कै ५० वर्षकी भानुमति रैदाश, इन्द्रवती हरिजन र लुम्विनी साँस्कृतिक नगरपालिका ११ बस्ने ३० वर्षीय विजय चमार घाईते भएका छन् ।

बुधवार भएको उक्त दुर्घटनामा परी अन्य चारजना घाईते भएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोना संक्रमित एक महिलाको मृत्यु
अगिल्लो पोस्ट बाग्लुङमा पहिरो : ६ जनाको मृत्यु ,सात जना बेपत्ता