हामी कोरोना नियन्त्रणमा कहाँ चुक्यौ ? अबको चुनौती के ?

सेयर गर्नुहोस्
97Shares

आश्विन कार्की लेख्नुहुन्छ ः

कहाँ चुक्यौ ?
कोरोना भाइरस छिमेकी देश मा तिव्र रुपले फैलिदा समेत हामी ले कुनै सचेतता नअपनाउनु र आवश्यक पुर्व तयारी गर्न बाट हामी चुक्यौ।
छिमेकी मुलुक चीन र भारतमा कोरोनाको सङ्क्रमण देखिए पछि हाम्रा हवाई तथा स्थल मार्गका नाकाहरू सिल गर्नु नसक्नु हाम्रो पहिलो कमजोरी हो । छिमेकी देशमा कोरोनाले तहसनहस पारी रहदा समेत रंगशाला कुनै खेल भै रहेको जसरी डुलु डुलु हेरि मात्रै रहेयो।खुल्ला सिमाना नियन्त्रण गर्न र छिमेकी मुलुक भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका व्यक्तिहरूलाई समयमा नै नियन्त्रणमा लिई उनीहरूलाई क्वारेन्टाइन मा राखी पिसिआर को विधिबाट कोरोना परीक्षण गरेर मात्र आफ्नो गन्तव्य भएको ठाउँमा पठाउन नसक्नु यो पनि कमजोरी रहयो।

हामीसँग थुप्रै मजदुर र श्रमिक वर्ग अव्यवस्थित रूपमा सहर बजारमा बसेका छन् तिनीहरूलाई आफ्नो घर र गन्त्यव्यसम्म नपुर्‍याइ लकडाउन गरे पछि यिनीहरू समस्यामा पर्न सक्दछ भन्ने कुरा आंकलन गर्न नसक्नु हाम्रो दोस्रो कमजोरी रह्यो ।

खुल्ला सिमाना नियन्त्रण गर्न र छिमेकी मुलुक भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका व्यक्तिहरूलाई समयमा नै नियन्त्रणमा लिई उनीहरूलाई पिसिआर  विधिबाट कोरोना परीक्षण गरेर मात्र आफ्नो गन्तव्य भएको ठाउँमा पठाउन नसक्नु अर्को कमजोरी रह्यो । समयमा स्वास्थ्य सामाग्री ग्लोव मास्क, सेनीटाइजर, किट पिसिआर लगायतका स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसक्नु बर्को कमजोरी रह्यो ।

स्थानीयस्तरमा मापदण्ड अनुसारका क्वारेनटिन आइसोलेसन वार्ड व्यवस्था गर्न नसक्नु अर्को कमजोरि रहयो। गर्न नसक्नु अर्को कमजोरी रह्यो । त्यसै गरी आपूर्ति व्यवस्थापन सहज बनाइ आन्तरिक व्यवस्थापन मजबुत पार्न नसक्नु पनि महत्त्वपूर्ण कमजोरी रह्यो ।
समयमै सचेत भएको भए आज यसरी हजारौं मानिस कोरोना सङ्क्रमित र सयौं को मृत्यु नै हुने थिएन ।
देश भित्र मात्रै मानिसहरु को आवाज जावात पनि सहज हुने थियो।

अबको चुनौती के ?
कोरोना सङ्क्रमणले मुलुकको अर्थव्यवस्था माथि गम्भीर धक्का पुगेको छ । झन दैनिक ज्यालादारी गर्ने जनताको दयनीय अवस्था छ। आर्थिक गतिविधि पनि ठप्प भएको, उद्योग व्यवसाय, पर्यटन, सेवा क्षेत्रमा रेमिटेन्स लगायतमा गिरावट आएको छ । पर्यटन आवागमन अवरुद्ध छ । उत्पादन र वितरण प्रणालीमा गम्भीर असर पुगेको छ । लाखौँको रोजगारी गुमेको छ । दिगो विकासका लक्ष्य प्राप्तिमा ठुलो वाधा उत्पन्न भएको छ । कोरोना सङ्क्रमणको असरले विश्व बजारमा रोजगारीमा गिरावट आइ धेरै नेपाली श्रमिकहरू विदेशबाट फिर्ता भएर आउँदा पारिवारिक आम्दानीमा गिरावट आई क्रम शक्तिमा ह्रास आउन थालेको छ । कोरोना सङ्क्रमणको असरले विश्वमा आर्थिक मन्दी आउने र त्यसको प्रत्यक्ष असर हाम्रो जस्तो गरिव देशमा झन् बढी पर्ने सम्भावना छ ।

आर्थिक गतिविधि ठप्प हुँदा उद्योग व्यवसाय, पर्यटन, सेवा क्षेत्रमा रेमिटेन्स लगायतमा गिरावट आई आर्थिक वृद्धिदर घट्ने कुरामा कुनै दुई मत छैन।
आर्थिक वृद्धिदर घट्न जाँदा कुल ग्राहस्त उत्पादन र प्रति व्यक्ति आय घट्न गई समग्र राज्यकै अर्थतन्त्र थला पर्न सक्दछ । यसले समाजमा सामाजिक विकृति ल्याई सामाजिक सहिष्णुता कायम गर्नमा समस्या उत्पन्न हुन्छ । कोरोनाको सङ्क्रमणको असरबाट रोजगारी गुमाएका श्रमिक, साना किसान, असहाय तथा गरिब वर्ग र विपन्न परिवार लाई लक्षित गरी स्वास्थ्य सीप विकास तालिम र रोजगार एवं अाय आर्जन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्नु पर्दछ । लोक कल्याणकारी राज्यको अवधारणालाई मूर्त रूप दिनका लागि सङ्घीय प्रदेश र स्थानीय सरकारले अब सचेतनापूर्वक योजना बनाई कार्यान्वयनमा लैजानु आवश्यक हुन्छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा रोजगारीका अवसरहरू गुम्न जाँदा करिब ६ लाख नेपाली युवाहरू विदेशबाट नेपाल फर्किने तयारीमा छन् । यसले रेमिटेन्स घट्न जाने, नेपालमा रोजगारीका अवसर सृजना हुन नसक्दा फर्किने युवाहरूको व्यवस्थापनमा कठिनाइ हुने, उनीहरूको आय स्तर नियमित हुन नसक्दा घर व्यवहार सञ्चालनमा समस्या परी पारिवारिक कलह समेत सृजना हुन सक्ने सम्भावना बढ्दै जाने निश्चित छ । विश्व बजारमा रोजगारी गुमाएर धेरै जनशक्ति नेपाल भित्रिदा यसले आन्तरिक श्रम बजारमा झन् नकारात्मक असर पार्नुका साथै सामाजिक विकृति विसङ्गति र अपराधका घटना घट्न सक्ने सम्भावना देखिन् ।

कोरोना सङ्क्रमणका कारण रोजगारी कटौती भई रहेको छ । उद्योग धन्दा कल कारखाना, एयरलायन्स, यातायात पर्यटन लगायत समग्र क्षेत्रहरूमा परेको प्रभावको कारण श्रम बजारमा रोजगारीको अवसर गुमिरहेको छ । यसले व्यक्तिको आयस्तरमा ह्रास आई उपभोग लगायत आर्थिक गतिशीलतामा कमी आइ समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । दैनिक ज्यालादारी गरेर खाने न्यून वर्गमा त यसले झन् ठुलो असर पुर्‍याएको छ। त्यसैले अब लकडाउनको डिजाइन परिवर्तन गरिदै जानू पर्छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट वाणगंगा नगरपालिका भित्रका मुख्य पर्यटकिय स्थलहरु
अगिल्लो पोस्ट आर.पि आचार्यका दुई मुक्तक