कोरोनाले सुनसान छन पर्यटकिय स्थल

सेयर गर्नुहोस्
0Shares

भदौ १७ कपिलवस्तु ।
नेपालमा कोरोना संक्रमण सुरु भएसँगै देशव्यापी रुपमा गरिएको लकडाउन र निषेधाज्ञाका कारण अलिहे कपिलवस्तुका मुख्य प्रयटकिय स्थलहरु सुनसान बनेका छन् । कपिलवस्तु नगरपालिकामा रहेको जगदिशपुर ताल जिल्लामा धेरै पर्यटक आउने स्थल हो । अहिले भने आन्तरिक पर्यटकहरु पनि कम आउनेगरेका छन् ।

त्यस्तै वाणगंगा नगरपालिका भित्रका मुख्य धार्मिक तथा पर्यटकिय स्थलहरुमा पनि सुनसान जस्तै छ । धार्मिक स्थलहरुमा पनि धार्मिक कार्यक्रमहरु बन्द छन भने भक्तजनहरु पनि उपस्थित हुदैनन् ।

वाणगंगा भित्रका कपिल आरोग्य मन्दिर कपिलधाममा सधै जसो एक सय देखि ५ सय सम्म आन्तरिक पर्यटकहरुको आवतजावत हुने गर्दथ्यो । तर कोरोना जोखिम पछि भने धाममा आउने पर्यटकको संख्या शुन्य जस्तै बनेको छ ।

त्यस्तै शान्ताकुञ्ज मधुवनधाम, रामदतिवन, लक्ष्मणघाट, राजापानी पार्क, लगाएतका स्थानमा पनि मानिसहरुको आवतजावन शुन्यमा झरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट अनेरास्ववियु र युवा संघका युवाले गरे स्वास्थ्य सामग्री वितरण
अगिल्लो पोस्ट वाणगंगा नगरपालिका भित्रका मुख्य पर्यटकिय स्थलहरु