चितवनमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सेयर गर्नुहोस्
0Shares

ई–साझाकुरा, भदौ १७

चितवनमा मंगलबार थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका २८ र अन्य विभिन्न जिल्लाका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा १६ पुरुष र १० महिला गरी २६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष २१ देखि ५८ वर्ष उमेर समूहका छन् भने संक्रमित महिला २२ देखि ४२ वर्ष उमेर समूहका छन् । उनीहरुको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

यस्तै रत्ननगर नगरपालिका–१० की २७ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको छ । उनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएको हो । यस्तै क्वारेन्टिनमा रहेकी राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आज – १७ भाद्र २०७७ बुधवार को राशिफल
अगिल्लो पोस्ट काठमाडौं उपत्यकासहित १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमै फैलियो