थप ६ सुरक्षाकर्मीमा कोरोना

भदौ १६ कपिलवस्तु

कपिलवस्तुमा मंगलबार थप ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। यस संगै जिल्लामा ५५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालयका ३ र सशस्त्र प्रहरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अहिले सम्म नेपाल प्रहरीका ४९ र सशस्त्र प्रहरीका ६ जनामा संक्रमत भएको छ। त्यस मध्ये नेपाल प्रहरीका १८ र सशस्त्रका एक जना निको भई काममा फर्किसकेका छन्। नेपाल प्रहरीका ३१ र सशस्त्रका ५ जना आइसोलेसनमा उपचाररत छन्। जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ।

प्रतिक्रिया