सकसपूर्ण निषेधाज्ञा अनि बढ्दो जोखिम

सेयर गर्नुहोस्
2Shares
राजेन्द्र खनाल , भदौ १६ कपिलवस्तु । विश्वभर महामारीको रुप लिँदै फैलिएको कोभिड १९ अर्थात नोभल कोरोना भाईरस ईतिहासकै सबैभन्दा भयावह संक्रमणको रुपमा फैलिरहेको छ ।
यसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न देशहरुले फरक फरक कदमहरु चालेका छन् । विश्वका धेरै देशहरुमा लकडाउन, निषेधाज्ञा लागू तथा सामाजिक दूरी पालना, नियमित हात धुनुपर्ने, अनिवार्य मास्कको प्रयोग लगायत जनस्वास्थ्यका मापदण्ड लागू गरिएका छन् । कतिपय देशले कोरोना संक्रमण रोक्न अनिवार्य मास्क लगाएर हिँड्न कडा नियम पनि लागू गरेका छन् ।
पछिल्लो ६ महिनादेखि कोरोना भाइरसले विश्वजगतलाई आक्रान्त परिरहेको छ भने यसको उग्र रुपले भाईरस नियन्त्रण र दैनिकीलाई सामान्य स्थितिलमा फर्काउन हम्मेहम्मे परिरहेको छ ।
विश्व स्वास्थ्य संगठनले कारोना रोकथामका लागि लकडाउन जस्ता विधि अपनाउनका लागि सुझाव दिएपछि नेपाल सहितका धेरै देशले त्यसको अनुसरण गरेका छन । तर लकडाउनले पनि कोरोना नियन्त्रणमा भने आउन सकेको छैन । बरु जनजीवन झनझन कष्टकर बन्दै गएको छ ।
कतिपय क्षेत्रबाट लगडाउन र निषेधाज्ञाले कोरोना नियन्त्रण गर्न नसकिने तर्क गरेका छन भने कतिपयले राज्यले गरेको निर्णय सही रहेको बताइरहेका छन् ।
मानिसहरु कामविहीन भएर घरभित्रै बस्नुपरेपछि आम जनताका जीवन कष्टकर बन्दै गइरहेको छ । सामाजिक आर्थिक गतिविधि ठप्प छन् जसका कारण बाँच्नै गाह्रो पर्ने स्थिति पैदा हुँदै गएको छ । नागरिकहरु सरकारले तोकेको नियमको उल्लंघन गर्न थालेका छन् ।
अर्काेतर्फ कारोनाका विषयमा राज्यस्तरबाट संक्रमितहरुको विवरण गोप्य राखिदिदा समुदायस्तरमै फैलिएको संक्रमणले झन भयवित तुल्याएको छ । समुदायमा कोरोना पुग्दा पनि कसलाई संक्रमण भएको छ भन्ने औपचारीक जानकारी सरकारले नगराउँदा सुरक्षित छु भन्नेहरु पनि संक्रमितको सम्पर्कमा पुगे वा नपुगको विषयमा अनभिज्ञ छन् ।

यस्तो छ, चिकित्सकको सुझाव

डा. राजकृष्ण श्रेष्ठ

चिकित्सक, लु्म्बिनी नर्सिङ होम रुपन्देही / कोरोना महामारी रोकथामका लागि एक चरण गरिएको लकडाउन ठीक थियो । अब भने यो लामो भयो । यसरी नियमित लकडाउन र निषेधाज्ञाले दैनिकी झन कष्टकर बन्दै गएको छ ।
सुरक्षाका सबै उपायहरु अपनाएर काम गर्नुपर्ने र बिरामीको सुरक्षाको पनि विशेष ख्याल गर्नु नै अबको विकल्प रहको डा. श्रेष्ठको सुझाव छ ।
चिकित्सकहरु पनि संक्रमित हुने स्तिथी आईरहेका बेला अब पनि लकडाउन विकल्प होईन । सरकारी कार्यालय वा संस्थाहरु बन्द भएको जस्तो देखिए पनि संक्रमण रोकिएको छैन अनि अर्काेतर्फ धेरै संस्थाहरु पनि अब बन्द हुने स्थिती आई सक्यो । निषेधाज्ञाले धेरै असर गरेको छ ।
  • यसको राम्रो विकल्प भनेको नागरिकमा जनचेतना जगाउनु हो । सरकारी कार्यालय बन्द होला तर नागरिकमा सोच परिवर्तन भएको छैन । यसबाट जोगिनका लागि मुख्य विकल्प नागरिकमा जनचेता पु¥याउनु हो । जुन कुरा जनमानसमा पुग्नुपर्ने हो त्यो अझै पुगेको छैन ।
सरकारले लकडाउन र निषेधाज्ञा गरिरहेको छ तर यसको प्रभावकारीता कमजोर छ । अर्काेतर्पm नागरिकमा कोरोना जोखिमका विषयमा गम्भिरता छैन र बुझाउनेले राम्रो सँग बुझाउन नसकेको वा बुझ्नेल पनि राम्रो सँग बुझ्न नसकेको जस्तो देखिन्छ । डा. श्रेष्ठले भन्नुभयो ।
पिसिआर परिक्षण दराउनु पर्छ, अहिले परिक्षणको जिम्मेवारी प्राईभेट अस्पतालमा पनि दिइएको छ । त्यो सकारात्मक छ । अब यसलाई समुदायका मुख्य मुख्य क्षेत्र सम्मै परिक्षण हुने स्थिति बनाउन जरुरी छ । अर्काे तर्फ कोरोना परिक्षणको शुल्क सरकारले घटाउँदै ४ हजार ४ सय सम्म ल्याएको छ, अझै यो शुल्क सामान्य बनाउन सक्नु पर्छ जसले सामान्य नागरिकले पनि परिक्षण आफै गराउन सकुन । त्यस्तै व्यवस्था गरिनु पर्छ ।
लकडाउन मात्र गरेर पनि समस्या समाधान हुँदैन । स्वास्थ्य संकटले आर्थिक संकटपनि निम्त्याँउछ । आर्थिक संकटले सामाजिक संकट निम्त्याँउछ ।

डा. महेशराज घिमिरे

फिजिसियन÷ देवदह अस्पताल रुपन्देही
– लकडाउन मात्रै समाधान होईन । कारोना रोकथामका अरु विषय पनि हुन्छन् ।
  • लकडाउन र निषेधाज्ञा एउटा समय ठीक हो । जहाँ आफु तयार हुनका लागि लकडाउन गरिने विषय र समय उपयुक्त हो तर चिकित्सकिय रुपमा भन्दा पहिलो उपाय भनेको जनचेतनामूलक कार्यक्रम हो ।
यसको बारेमा जनतालाई पूर्ण जानकारी दिनुपर्छ । जुन नेपालमा अझै गर्न सकिएको छैन ।
– नेपालमा नागरिकमा शक्षिाको अवस्था कमजोर भएर वा साक्षरता दर कमजोर भएका कारण होला । कोरोनाको यो महामारीलाई गम्भिरताका साथ नलिएको जस्तो देखिन्छ । अर्काै कुरा नेपालमा रोगको सुरुवाती चरणमै औषधि खानुपर्छ र ? भन्ने मानसिकता छ । भनेको अन्तिममा औषधि खाने बानी छ । कारोनाका लागि पनि नागरिकहरुलै सोही किसिमलै सोचेको जस्तो देखियो । अन्य रोग सरह यसलाई बुझिरहेको हामीले देखेका छौँ ।
– आफुलाई समस्या परेपछि मात्रै त्यसको बारेमा थाहा पाउने बानी नेपाल र नेपालीहरुमा रहेको पुरानो बानी हो । त्यसको असर पनि हो, कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउने, सामाजिक दुरी कायम गर्नुपर्ने, भिडभाड गर्न नहुने जस्ता सामान्य विधिहरु नपनाउदा जोखिम फैलिरहेको छ । जब आफुलाई संक्रमण पुष्टि हुन्छ वा परिवारमा देखिन्छ तब मात्रै कोरोना खतरा छ है भन्ने किसिमले मानिसहरुले सोचिरहेका छन् ।
–सीमा क्षेत्र खुल्ला हुनु, आईसोलेसनको कमी, अनि चिकित्सकहरु पनि संक्रमणबाट बच्न र बचाउन के गर्ने भन्ने पनि अन्यौल छ । त्यसको सही व्यवस्थापन हुन जरुरी देखिन्छ ।
– आफु तयारी हुनका लागि हो लकडाउन तर लामो समय यो ठीक होईन ।
बिरामी छ वा छैन त्यसका लागि तत्काल परिक्षण दायरा बढाउनु पर्छ र कोरोना परिक्षण समुदाय स्तरमै पु¥याउनु पर्छ । अन्यथा सरकारी अस्पताल र केही प्राइभेट अस्पतालको परिक्षणले मात्र नेपालमा पिसिआर परिक्षण कहिले पनि नसकिन सक्छ ।
– बाटो, पुल, वा बिल्डिङ बनाउने काम बन्द गरे र भए पनि रोग परिक्षण गर्नुपर्छ । यसको सबैभन्दा राम्रो उपाय भनेकै ट्रेसिङ, टेस्ट, र अस्पतालमा सुरक्षित स्थानको व्यवस्थान र नागरिकमा भरोसा जगाउने काम पहिलो हो । अरु सबै गौण विषय हुन ।

अहिलेको विकराल स्थिति

अहिले देशव्यपि फैलिएको कोरोना कहरका बिचमा कपिलवस्तु सहितका जिल्लामा कतै आशिंक कतै पूर्ण लकडाउन र निषेधाज्ञा जारी गरिएको छ । यस बिचमा पनि कतिपय जिल्लामा साँझ, कतै बिहान अनि कतिपय जिल्लमा बिहान र साँझ दुवै समय अत्यावस्यक सेवा संचालनको अनुमति पनि दिइएको छ । वैंक तथा वित्तिय संस्थाहरु, तरकारी पसल, दैनिक उपभोग्य वस्तुको किनमेलका लागि खुल्ला हुने खाद्यान्न पसल लगाएतका अत्यावस्यक पसलमा जिल्ला प्रशासनले अनुमति दिएको समयमा अत्याधिक भिड हुने गरेको छ । जहाँ नागरिकमा कोरोनाको रत्तिभर पिर देखिदैन । वित्तिय संस्थामा जानेहरु लामबद्ध हुन्छन्, कारोवार रोकिदैन ।
अहिले कोरोनाको संक्रमणमा वित्तिय संस्थाका कर्मचारी, व्यापारी, सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, स्वस्थ्यकर्मी पनि संक्रमित छन् । दैनिक दुई घण्टा खुल्ने अत्यावस्यक पसल र वित्तिय संस्थाबाट तिव्र संक्रमणको जोखिम देखिएको छ ।
१२० दिन लामो बन्दाबन्दी (लकडाउन) झेलेको औद्योगिक क्षेत्रले उद्योगधन्दा सञ्चालनको तरखर नगर्दै निषेधाज्ञाको मार झेल्नु परेको छ । कोरोना संक्रमण बढी देखिएका क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मुलुकको उद्योगधन्दा नराम्ररी प्रभावित भएको छ । उद्योगधन्दामै आश्रित मजदूर र तिनका परिवारमात्र होइन, तिनै उद्योगका उत्पादनमा निर्भर समाज पनि यो समस्यामा जेलिएको छ ।
वस्तुको उत्पादनदेखि डिमाण्ड र सप्लाईको चेनसमेत निषेधाज्ञाका कारण प्रभावित भएको छ । निषेधाज्ञाको प्रभावले गर्दा यतिखेर मुलुकभर झण्डै ८०र८५ प्रतिशत उद्योग, कलकारखाना बन्द हुन पुगेको उद्योगी–व्यवसायी बताउँछन् ।
कोरोना रोकथाम तथा नियन्त्रणअन्तर्गत पहिलो चरणको १२० दिन लामो लकडाउनभन्दा पनि दोस्रो चरणको निषेधाज्ञाबाट औद्योगिक क्षेत्र बढी प्रभावित भएको उनीहरुको भनाइ छ ।
कोरोनाबाट उत्पन्न संकटजन्य परिस्थिति अन्तर्गत करिब ६ महिना गुज्रिसकेको छ । मुलुकले अब पनि आर्थिक गतिशीलताका लागि वैकल्पिक बाटो नखोजे मुलुकमा अर्को भयावह अवस्था आउन सक्ने जानकारहरुले चेतावती समेत दिन थालेका छन् ।
प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आज – १६ भाद्र २०७७ मंगलवार को राशिफल
अगिल्लो पोस्ट करेन्ट लागेर युवकको मृत्यु