बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो

सेयर गर्नुहोस्
9Shares

ई–साझाकुरा,साउन २२

लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।

मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् ।

लेबनान सरकारले यो विष्फोटको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । अनुसन्धानका लागि बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको छ ।

 

विष्फोट यति भयानक थियो कि त्यसको आवाज करिब २४० किलोमिटर टाढा रहेको साइप्रससम्म सुनिएको थियो । विष्फोटका कारण भवनहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । टाढा–टाढासम्मका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेरुत विस्फोटलाई आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटमध्येको एक भनेका छन् ।

दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमामा खसालेको अणु बमको शक्तिको १० भागको एक भागजति शक्तिशाली विष्फोट बेरुतमा भएको उनीहरुले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट फेसबुकले पहिलो पटक राष्ट्रपति ट्रम्पको पोस्ट हटायो
अगिल्लो पोस्ट आजकाे माैसम अपडेट : यी जिल्लामा बिहानैदेखि वर्षा : बाढीपहिरोबाट जाेगिन माैसम विभागकाे आग्रह