फेसबुकले पहिलो पटक राष्ट्रपति ट्रम्पको पोस्ट हटायो

सेयर गर्नुहोस्
121Shares

ई–साझाकुरा,साउन २२

फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । कोरोनाभाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।

कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन गरिरहेको थियो । ट्रम्पको पोस्टका साथै फक्स न्यूजलाई दिएको ट्रम्पको अन्तरवार्ताको एउटा भिडियो क्लिप थियो । ट्रम्पले उक्त भिडियोमा बालबालिका कोभिड–१९ बाट लगभग प्रतिरोधी भएको बताएका छन् ।

फेसबुकका प्रवक्ताले भने, ‘यो भिडियोमा कोभिड–१९ को विषयमा गलत दाबी गरिएको छ र यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोनाभाइरसको संक्रमणको विषयमा गलत सूचना फैलाउने विरुद्ध छौं ।’

यसबारे अहिलेसम्म ह्वाइट हाउसको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बढी सङ्क्रमित भएका जिल्लामा आजदेखि जोर-बिजोर प्रणाली, राति हिँडडुलमा रोक
अगिल्लो पोस्ट बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो