चाेरी माेटरसाइकल सहित एकजना पक्राउ

ई–साझकुरा अजय मिश्रा , साउन २१

कपिलवस्तुमा मोटसाईकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । केहि समय अघि जिल्लाका विभिन्न ठाउँबाट मोटसाईल चोरी भए पश्चात प्रहरीले सक्रियता देखाएको छ । मगंलवार राती ११ बजे बहादुरगञ्ज वाट ३ वटा मोटरसाईकल चोरी भएका छन् । लु २ प १९६२,लु ५६ प ९३७७,लु २ प २१८९ नम्बरका मोटरसाईकल चोरी भएका हुन ।

चोरी भएपछि मोटरसाईकल धनिले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले तिनवटै मोटरसाईकल फेला परेको छ । कृष्णनगर नगरपालिका वडा नं ८ जमुनीबाट एउटा,देवानगढीयाबाट एउटा र कृष्णनगर नगरपालिका वडा ७ सुखरामपुरबाट एउटा मोटरसाईकल फेला परेको नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन ।

उक्त चोरीमा संलग्न भएका कृष्णनगर नगरपालिका वडा नं ७ का बिसम्वर कुर्मीलाई पक्राउ गरि थप अनुसन्धान भई रहेकाे इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन ।

प्रतिक्रिया