स्याङ्जामा जुवाडेमा पनि देखियो कोरोना

प्रतीकात्मक तस्बिर
प्रतीकात्मक फाइल तस्बिर ।
2.3kViews
0 Shares

साउन २१, काठमाडौं /कारोनाको महामारीमा स्याङ्जामा दुई महिलासहित सात जनामा कोरोना पुष्टि भएको छ। साउन ४ गते जुवा खेलेको अवस्थामा पुतलीबजार १३ मा प्रहरीले छ जनालाई पक्राउ गरेकोमा साउन ६ गते प्रहरीमा कोरोना पुष्टी भएपछि समातेको तीन दिनमा ७ गते प्रक्रिया पुरा गरेर छोडिएको थियो। प्रहरीबाट छुटेर घर पुगेका युवालाई पीसीआर टेष्ट गर्दा साउन १८ गते कोरोना पुष्टि भएको थियो। युवामा कोरोना सङक्रमण भेएिपछि निजको सम्पर्कमा आएका ३८ जनाको स्वाब लिएर परीक्षणमा सात जनामा कोरोना प्रमाणित भएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले बताए। युवाको सम्पर्कमा आएका आफ्नै घरका आमा, बुवा, दाई र श्रीमतीमा कोरोना देखिएको हो भने अन्य तीन जना गाउँले रहेका छन्। पक्राउ परेका जुवाडेलाई होम क्वारेन्टाइनमा राख्ने सहमतिमा लगेपनि क्वारेन्टाइनमा नराख्दा समस्या आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। क्वारेन्टाइन बाहिरका सुरक्षाकर्मी, डाक्टर, एम्बुलेन्स चाल, सरसफाईकर्मी, प्रहरी परिवार, भान्से र स्थानिय गरी ५९ जना नागरिकमा कोरोना सङक्रमण देखिएको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here