ई–साझाकुरा, साउन १९
भारत सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ ।
आईपीएलको गभर्निङ बडीले भारत सरकारबाट यूएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो । सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल यूएईमा हुने पक्का भएको छ ।
यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्डले यूईमा आईपीएल गर्ने जनाएको थियो । तर भारत सरकारबाट अनुमति पाइसकेको थिएन । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । आईपीएलको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्न पाइने नियम समेत बताएको छ । कोरोना महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो ।
एसिया कप र ट्वान्टी ट्वान्टी विश्वकप यस वर्ष स्थगित भएसँगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।