सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परेर ८ जना बेपत्ता

सेयर गर्नुहोस्
304Shares

ई–साझाकुरा, साउन १९

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।

वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पहिरोमा ९ जना पुरिएकामा एक जनाको उद्धार भएको छ । मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले अहिले पहिराेमा हराएकाहरुकाे खोजी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।