आज – साउन १९, जनै पूर्णिमा

सेयर गर्नुहोस्
1Shares

ई–साझाकुरा, साउन १९

जनै पूर्णिमा अर्थात् रक्षावन्धन् । जनै  पुर्णिमाको दिन तागाधारीहरुले पूरानो जनै झिकी गुरुपुरोहितद्वारा मन्त्र पढी सुद्ध पारिएको जनै फेर्ने गर्दछन् । यस्तै एसै दिन रक्षा बन्धन नामक धागो हातमा बाँध्ने चलन छ ।
यस दिन बाँधिएको त्यस धागोलाई तिहारको लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।

 

यस दिन ज्वाईंहरुले आफ्ना ससुराबाट नयाँ जनै फेर्नेसमेत गर्दछन् ।
सप्तऋषिलाई तर्पण दिने भएकाले यो दिनलाई ‘ऋषि तर्पणी’ पूर्णिमा पनि भन्ने गरिन्छ ।
तराईका मधेसी समुदायमा भने आजको दिन दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधिदिने चलन छ ।
नेवार समुदायमा सँग सँगै ब्राह्मण/क्षेत्रि र सम्पुर्ण नेपाली मानब समुदायमा आजको दिन विभिन्न गेडागुडीहरूको परिकार ‘क्वाँटी’ खाने चलन छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आज – १९ साउन २०७७ सोमवार को राशिफल
अगिल्लो पोस्ट सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परेर ८ जना बेपत्ता