काेराेना सङ्क्रमणमुक्त भए बच्चन, फर्किए घर

ई–साझाकुरा , साउन १८

बलिवुड अभिनेता अमिताभ बच्चन काेराेनामुक्त भएर घर फर्किएका छन् । आइतबारकाे काेराना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएकाे अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् ।

आफ्नाे उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नाे लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई उनले धन्यवाद दिएका छन् ।

गएकाे महिना काेराेना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । अमिताभसँगै उनका छाेरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि काेराेनाकाे सङ्क्रमण पुष्टि भएकाे थियाे ।

 

प्रतिक्रिया