भीमफेदी कारागारबाट भागे, चितवन आउँदा समातिए

2.3kViews
0 Shares
ई–साझाकुरा , साउन १८
भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशील सिंह राठौरले बताए ।

प्रहरीले कुलदीपराज धामीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै । तस्बिर : जिल्ला प्रहरी कार्यालय मकवानपुर
भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशील सिंह राठौरले बताए ।

आइतबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले  धामीलाई सार्वजनिक गरेको छ । धामी चितवनका २१ वर्षीय रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेका थिए ।

कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा धामीलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको एसपी राठौरले बताए ।

सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने उनी विसं २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएका थिए । धामीलाई आजै भीमफेदी कारागार पठाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here