पर्वतमा संक्रमित घटेसँगै रित्तिँदै छन् क्वारेन्टाइन, आइसोलेसनमा १ जत्रैना मा

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा पर्वत, १७ साउन । 

पछिल्लाे समय पर्सालगायत तराइका जिल्ला र काठमाडौँ उपत्यका लगायत केही ठाउँहरुमा संक्रमितको संख्या बढे पनि पर्वतमा भने संक्रमितको संख्या निरन्तर कम हुँदै गएको छ । जिल्लामा भारत तथा तेस्रो मुलकबाट आउनेहरू घटेसँगै संक्रमितको संख्या समेत कम हुँदै गएको हो । जिल्लाका बिभिन्न पालिकामा खचाखच रहेका क्वारेन्टाइन क्रमशः खाली हुन थालेका छन् । कतिपय स्थानीय तहमा क्वारेन्टाइनमा बस्नेको संख्या शून्यमा झरेको छ भने केहीमा पछिल्लो पटक तेस्रो मुलुकबाट ल्याइएकाहरूलाई राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्वतले दिएको तथ्यांकअनुसार क्वारेन्टाइन स्थलमा मानिसको संख्या घट्दो क्रममा छ । कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा गरी पर्बतमा ३ वटा पुलिङ क्वारेन्टाइन सञ्चालनमा रहेका छन् । कुश्माको बन्दना होटल, शिवालय माध्यमिक बिद्यालय र मोदीको नवजागृति माबिलाई पुलिङ क्वारेन्टाइनको रुपमा सञ्चालन गरिएको छ । जहाँ अहिले २६ जना मात्रै रहेको जिल्ला जनस्वास्थ अधिकृत प्रबिण भण्डारीले जानकारी दिनुभयो ।

अहिले भारतबाट फर्कनेहरूको संख्या पातलिँदै गएका कारण पनि कुश्मा नगरपालिकामा रहेका क्वारेन्टाइनमा बस्नेहरु कम हुन थालेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशिले जानकारी दिनुभयो । अहिले तेस्रो मुलुकबाट ल्याइएकाहरूलाई कडाइपूर्वक क्वारेन्टाइनमा राख्ने गरिएको उहाँको भनाइ छ ।

जिल्लामा १ सय ६ स्थानमा गरी ६ सय ६ बेड सहितको क्वारेन्टाईन निमार्ण गरीएको भएपनि अहिले सबै जसो क्वारेन्टाईन खाली छन् । पर्वतमा अहिलेसम्म ९८ जना संक्रमित भेटिएकोमा पुरुष ८३ र महिला १५ जना मात्रै रहेका छन् । जसमध्ये सबैभन्दा धेरै कुश्मा नगरपालिकामा ३४ जना रहेका छन् । भने सबैभन्दा कम जलजला गाउँपालिकामा ४ जना मात्रै रहेका छन् ।

त्यसैगरी फलेबास नगरपालिकामा २६ महाशिला गाउँपालिकामा १० बिहादी गाउँपालिकामा ९ पैयु गाउँपालिकामा ६ र मोदी गाउँपालिकामा ८ जना रहेका छन् भने १ जना जिल्ला बाहिरको रहेका छन् । जिल्ला जनस्वास्थ अधिकृत प्रबिण भण्डारीका अनुसार उनिहरुमा कुनै लक्षण नदेखिई उपचार पछि घर फर्किएका छन् । साउन ८ गते यता देखि भने जिल्लामा कुनै पनि संक्रमित नथपिएको पनि भण्डारीले जानकारी दिनुभयो ।

आईसोलेशनमा १ जना मात्रै

जिल्लामा सञ्चालित कोरना अस्पताल उपचार केन्द्रमा पनि संक्रमितको संख्या घट्दै गएको छ । कुश्मा नगरपालिका भित्र रहेको गुप्तेश्वर क्याम्पस परिसरलाई कोभिड–१९ उपचार केन्द्रको रुपमा सञ्चालन गरिएको छ । कोरना अस्पतालमा भर्ना भएका ९८ संक्रमितमध्ये शनिबारसम्म ९७ जना निको भएर घर फर्किसकेका छन् । कोरना अस्पतालमा अहिले १ जना मात्रै कोरना संक्रमित छन् ।

यसैबीच हालसम्म पर्वतमा पिसिआर बिधिबाट १ हजार ४ सय ७६ जनाको कोरना परिक्षण भएको छ भने आरडिटिबाट ७ सय ९२ जनाको परिक्षण सम्पन्न गरिएको छ । जसमा ९८ जना कोरना संक्रमित भेटिएका छन् भने हाल सम्म जिल्लामा संक्रमित कसैको पनि मृत्यु नभएको जनस्बास्थ कार्यलयले जनाएको छ । अहिले सम्म पर्बतमा ९ सय ७३ जना भारत र तेस्रो मुलकबाट २ सय ७० जना जिल्ला भित्रिएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट अमेरिकाले पनि ‘टिकटक’मा प्रतिबन्ध लगाउने
अगिल्लो पोस्ट परराष्ट्र मन्त्रालय भनाई : अतीतको विरासत भएपनि अब भारतीय गोर्खा सैनिक समय अनुकुल छैन