फ्रेन्च लिग कपको च्याम्पीयन बन्याे पीएसजी

2.8kViews
0 Shares

ई–साझाकुरा, १७ साउन 

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा लियोनलाई पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो ।

निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको थियो । जसमा पीएसजीले ६ गोल गरेको थियो भने लियोनले ५ गोल मात्र गर्न सफल भयो । पीएसजीका सबै खेलाडीले गोल गरेका थिए । उता लियोनका बर्टरान्ड ट्राओरेको पेनाल्टीमा चुक्दा उसले हार बेहोर्नु परेको थियो ।

अन्तिम समयमा लियोन १० खेलाडीमा समेटिएको थियो । लियोनका राफयलले एन्जल डि मारियामाथि फल गरेपछि रेफ्रीलेलाई रातो कार्ड दिएका थिए । त्यसपछि ११९औं मिनेटमा राफयल मैदान बाहिरिए । अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टासँग भिड्नेछ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here